को – अपरेटिभ म्यानेजर क्लब काभ्रको अध्यक्ष बने ः ठकुरी

को – अपरेटिभ म्यानेजर क्लब काभ्रको अध्यक्ष बने ः ठकुरी
काभ्रेपलान्चोक जिल्ला भरका सहकारी संस्थाहरुको व्यवस्थापकहरुको को – अपरेटिभ म्यानेजर क्लब काभ्रेपलान्चोकले दर्ता प्रक्रिया पुरा गरी प्रमाण पत्र प्रदान गरेको छ । सो क्लब अध्यक्षमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरी बनेका छन् । त्यसैगरी उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, सचिवमा आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था प्रबन्धक ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सविना पन्त, सदस्यहरुमा आभाष बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास वैद्य, लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी, एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाप्रमुख कार्यकारी अधिकृत अरुण थापा, महिला आधारशिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक यशोदा बोगटी, पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गंगा दाहाल निर्वाचित भएका छन् ।
सो दर्ता प्रक्रिय पुरा भएको क्लबले अब काभ्रे जिल्लाका सहकारी संस्थाहरुको विकास प्रबद्र्धनमा उल्लेखनीय कार्य गर्ने बुझिएको छ ।