बागमती प्रदेश बचत सहकारी संघले साकोसहरुको कारोबारलाई गुणस्तरीय बनाउने
संघको ४ बर्षे बर्षिय रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न
वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (वागमती प्रोस्कून) को आगामी चार वर्षका लागि रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल स्थित होटल सारथीमा भाद्र ११ र १२ गते आयोजिम कार्यशालाको समुद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल ले गर्नु भएको थियो । सो समारोहमा वागमती प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष श्री नारायण देवकोटाको विशेष उपस्थिति रहेको थियो । वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाले सहकारी मार्फत साना व्यवसायिक परियोजनामा जोड दिनु पर्ने उल्लेख गर्दै प्रदेश सहकारी विकास बोर्ड र वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बीच साझेदारी हनु सक्ने र समन्वयमा गर्न सकिने कार्यक्रमहरु संयुक्त रुपमा सम्पन्न गर्न विकास बोर्ड तयार रहेको कुरा बताएका हुन्
प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले छोटो समयमा प्रदेश बचत संघले उल्लेख्य प्रगति गरेको र अव निर्माण हुन लागेको रणनीतिक व्यवसायिक योजनाले व्यवसायिक र क्षमतावान संघ निर्माण हुनेमा विश्वास व्यक्त गर्नु हुदै वागमती प्रदेशको बचत तथा ऋण सहकारी संघ–संस्थाहरुको व्यवसायिककरण गर्दै सुरक्षित साकोस निर्माणमा संघले महत्वपूर्ण भूमिका खेल्ने कुराको महासंघ अपेक्षा गरेको कुरा उल्लेख गरेका थिए ।
सो कार्यक्रमको समापन नेफ्स्कूनका अध्यक्ष श्री परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समापन समारोहमा प्रमुख अतिथि पौडेलले प्रदेश बचत तथा ऋण सहकारी संघले स्थापनाको पहिलो वर्षमा नै उत्कृष्ट रणनीतिक व्यवसायिक योजना निर्माण गरेको समिक्षा गर्दै बचत तथा ऋण अभियानमा नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्ने र प्रदेश बचत तथा ऋण सहकारी संघले त्यसमा सहयोग गर्दै सदस्य संघ–संस्थाहरुको क्षमतामा सुधार ल्याउनु पर्ने बताएका थिए ।
