सर्लाही जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरेको संयोजकत्वमा साकोस एकीकरण सम्बन्धी कार्यदल गठन

0 Shares

सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बाबुराम घिमिरेको संयोजकत्वमा सर्लाही जिल्लामा रहेका साकोसहरु बीच एकीकरण सम्बन्धी ९ सदस्यीय कार्यदल गठन भएको जानकारी प्राप्त भएको छ ‌। सो कार्यदलले बृहत साकोस एकीकरण अभियानमा सहभागी हुन सर्लाही जिल्लामा रहेका साकोसहरुलाई अनुरोध गरेको छ ।

यसै सम्बन्धी गत हप्ता सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सर्लाही जिल्लाभरी को सहकारी अभियानमा आवद्ध साकोसहरु बीच एकीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त अन्तर्क्रिया कार्यक्रम सोही संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply