मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.ले १५ प्रतिशत लाभांश प्रदान गर्ने

0 Shares

काठमाडौं महानगरपालिका-३१, मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.ले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । सोही संस्थाका अध्यक्ष सुदर्शनप्रसाद पराजुलीको अध्यक्षतामा ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघ लि.को सभाहलमा भर्चुअल विधि (ZOOM) मार्फत यही भदौ ५ गते शुरु भएको उक्त संस्थाको १२औं वार्षिक साधारणसभाबाट सो निर्णय गरिएको थियो । फेसबुक लाइभबाट समेत गरिएको त्यस साधारणसभामा त्यसै संस्थाका अध्यक्ष पराजुलीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै स्थापना भएदेखि नै सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाहलाई जोड दिइरहेको बताउनुभयो । २०७८ असार मसान्तसम्म शेयर सदस्य संख्या २ हजार ८ सय , शेयर पूँजी रु.१० करोड ८ लाख , निक्षेप संकलन रु.७६ करोड ५६ लाख , कर्जा लगानी रु. १ अर्ब १० करोड ८४ लाख , वासालात रु.१ अर्ब २५ करोड ८ लाख , जगेडा कोषमा रु. ४ करोड २६ लाख, अन्य कोषमा रु.२ करोड ८५ लाख र जोखिम व्यवस्थापन कोषमा रु.३ करोड ९७ लाख रहेको सो प्रतिवेदनमा उल्लेख छ । त्यस साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले स्थापना भएको छोटो समयमा मनिप्लान्ट साकोसले राम्रो प्रगति गरेको देख्ता खुशी लागेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उहाँले नेपालको सहकारी अभियानमा बाधक रहेका ऐन/नियमलाई सहकारी मैत्री हुने गरी संशोधनको लागि राष्ट्रिय सहकारी महासंघ लि.ले लविङ गरिरहेको बताउनुभयो । त्यस अवसरमा नेफस्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे लगायतका वक्ताले सो संस्थाको प्रगतिको कामना गर्नुभयो । मनिप्लान्ट एम.बैंक मार्फत एस.एम.एस. तथा मोवाइल बैंकिङ लगायतका प्रविधिको प्रयोगलाई विशेष जोड दिएको उक्त संस्थाले कोभिड -१९ का कारण गरिएको निशेधाज्ञाको समयावधिको कर्जाको व्याजदरमा १० प्रतिशत छुट प्रदान गरेको थियौं ।

सो साधारणसभा १ हप्तासम्म चलेको थियो ।

Leave a Reply