ग्यालेक्सी अस्पताल , पोखराले पोखरा रोयल साकोसका शेयर सदस्य , कर्मचारी र उनीहरुका परिवारलाई उपचारमा विशेष छुट दिने

0 Shares

पोखरा महानगरपालिका-१०, बुद्धचोकमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरु , कर्मचारी तथा उनीहरुका परिवारलाई ग्यालेक्सी अस्पताल , पोखराले उपचार खर्चमा विशेष छुट दिने भएको छ । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. र ग्यालेक्सी अस्पताल बीच यही भदौ १४ गते सो विषयमा सम्झौता भएको थियो । उक्त सम्झौता-पत्रमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र ग्यालेक्सी अस्पतालका अध्यक्ष डा. हेमन्त मानान्धरले हस्ताक्षर गर्नु भएको थियो ।

सो सम्झौता अनुसार पोखरा महानगरपालिका-१०, उत्तम चोकमा चौबीसै घण्टा विशेषज्ञ सेवा प्रवाह गरिरहेको  ग्यालेक्सी अस्पतालमा उपचार गर्दा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य, कर्मचारी तथा शेयर सदस्य र कर्मचारीका परिवारलाई उक्त अस्पतालको सबै उपचार सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट सुबिधा उपलब्ध हुने पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले जनाएको छ ‌।

 

 

Leave a Reply