अन्तर्राष्ट्रिय ऋण महासंघले नेपालका सहकारी अभियान्ताद्वय ढुंगेल र लामालाई अवार्ड प्रदान गर्ने
एसियाली ऋण महासंघ (अक्कु) ले दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.का पूर्व अध्यक्ष यज्ञराज ढुंगेल
र काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत के.बी. लामा
लाई Outstanding Award for Credit Union Volunteer र Outstanding Award for Credit Union Executive अवार्ड प्रदान गर्ने भएको छ । एसियाली ऋण महासंघ(अक्कु) को सञ्चालक समितिको बैठकले अक्कुको विकास अभियानप्रति प्रतिबद्ध भई अन्तर्राष्ट्रिय ऋण क्षेत्रको विकासमा पुर्याएको सहयोगको कदर स्वरुप उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।
नेपालको ग्रामीण क्षेत्रमा रहेर सहकारीको माध्यमबाट ग्रामिण क्षेत्रको अर्थतन्त्रको विकास गरी गरिवी निवारणमा सहयोग पुर्याइरहनु भएका उहाँहरु सो अवार्डको लागि योग्य रहेको भन्दै राष्ट्रिय सहकारी बैंक लि ले अक्कुको कार्यालय , बैंककमा सिफारिस पठाएको बताइएको छ ।
