राष्ट्रिय सहकारी बैंक लि.द्वारा झरना साकोस , धरान सम्मानित

0 Shares

धरान उप-महानगरपालिका-९ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्था लि. राष्ट्रिय सहकारी बैंक लि. द्वारा सो बैंकको शाखा स्तरीय उत्कृष्ट कारोवार विधाबाट सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा उक्त बैंकको शाखा कार्यलय , धरानसँग सदस्य रहेका सहकारी संघ/संस्थाहरुले गरेको कारोबारको आधारमा सो संस्था सम्मानित भएको हो । राष्ट्रिय सहकारी बैंक लि.को १७औं वार्षिक साधारणसभाबाट घोषणा गरिएको उक्त पुरस्कार तथा सम्मानबाट त्यस संस्थालाई यही आइतबार आयोजित पुरस्कार तथा सम्मान-पत्र वितरण कार्यक्रमका बीच सम्मानित गरिएको हो । त्यसै संस्थाका अध्यक्ष मानबहादुर मगरले उक्त पुरस्कार तथा सम्मान-पत्र ग्रहण गर्नु भएको थियो ।

Leave a Reply