नवप्रयास साकोस , बयलबास , सर्लाहीको कूल कारोवार रु.१५ करोड ५७ लाख
सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलबासमा मुख्य कार्यालय र सोही नगरपालिका-१, चौलिखा बजारमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको नवप्रयास बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य संख्या ३८३९ , शेयर पूँजी रु.८५ लाख , बचत संकलन रु.१० करोड , कर्जा लगानी रु.१० करोड ९६ लाख , जगेडा तथा अन्य कोष रु.५१ लाख ८३ हजार ७ सय १६ र कूल कारोबार रु.१५ करोड ५७ लाख रहेको जनाइएको छ । २०७८ साउन १२ गते विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण सहितको स्वास्थ्य शिशीर लगायतका कार्यक्रम गरी आफ्नो १०औं स्थापना दिवस
मनाएको सो संस्थाले बचत र ऋण कारोवारसँगै रेमिट सेवा पनि प्रवाह गरिरहेको जनाएको छ ।
उक्त संस्थाले कोरोना महामारीका कारण स्थानीय प्रशासनले गरेको लकडाउनको समयमा आफ्ना शेयर सदस्यहरुलाई सहज हुने गरी विभिन्न वडा कार्यालयहरुमा नवप्रयास नगद भुक्तानी केन्द्र स्थापना गरी सेवा प्रवाह गर्नुका साथै कर्जाको लकडाउनको अवधिभर हर्जना मिनाह र ब्याजमा ५ प्रतिशत छुट गरेको थियो भने आफ्ना कर्मचारीहरुलाई रु.१ लाखसम्मको कोरोना वीमा पनि गरेको थियो ।
यसैगरी त्यस संस्थाले सुरक्षा मापदण्ड अपनाएर आफ्ना शेयर सदस्यहरुलाई घरघरमै पुगेर पधि सेवा प्रवाह गरेको सोही संस्थाका कार्यकारी प्रमुख विजयकुमार शाहले बताउनुभयो । सहकारी सञ्जालका संवाददाता इश्वर ढुंगेलसँग कुरा गर्दै उहाँले ‘ईश्वरपुर नगरपालिकाको वडा नं.१ देखि वडा नं. १५ सम्म कार्यक्षेत्र रहेको हाम्रो यस संस्थाले वैदेशिक रोजगारीमा युवा पलायन हुनबाट रोक्नका लागि कुखुरा पालन तथा बजार ब्यवस्थापन गर्ने लगायतका बृहत कृषि कार्यक्रम सञ्चालन गर्ने , आगामी दिनमा आफ्नै भवनबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय कारोबार सहितको सेवा प्रवाह गर्ने र आफ्ना शेयर सदस्यहरुलाई सहज हुने गरी मोबाईल बैंकिङ (Mobile banking) , क्युआर कोड (QR Code) र ई-टेलर (E-Teller) को सुरुवात गर्ने योजना रहेको छ’, भन्नुभयो ।

