घण्टिमाई साकोसद्वारा आफ्नै भवनबाट सेवा प्रवाह आरम्भ
बाराको जीतपुरसिमरा उप-महानगरपालिका- ४, औराहामा रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लि.ले यही भदौ १७ गतेदेखि औराहा प्लटिङको दक्षिणी भागमा निर्माण भएको आफ्नै २ तले भवनबाट सेवा प्रवाह शुरु गरेको जानकारी प्राप्त भएको छ । सोही संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले रु.१ करोड २५ लाख लागतमा निर्माण भएको २ तले सो भवनबाट सेवा प्रवाह शुभारम्भ गर्नुभयो । फिनिसिङको कार्य भइरहेको आफ्नो यसै भवनबाट आउदो असोज ९ गते हाम्रो यस संस्थाको वार्षिक साधारणसभा सञ्चालन गर्ने योजना रहेको त्यसै संस्थाकी अध्यक्ष सिम्खडाको भनाई छ ।
वि.सं.२०७० श्रावण २ गते दर्ता भई औराहा चोकबाट वित्तीय कारोवार शुरु गरेको उक्त संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहेको छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप स्थानीय समुदायमा आधारित रही सो संस्था सञ्चालन भइरहेको छ ।
