काभ्रेपलाञ्चोकको बनेपामा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा धुलिखेलमा रहेको मानव कल्याण समाज सेवा घरलाई हिजो रु.१३ हजार ३ सय ६५ सहयोग प्रदान गरेको छ । सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य र कर्मचारीहरुको उपस्थितिमा सोही संस्थाका अध्यक्ष उदयराज कायस्थले सो सहयोग प्रदान गर्नु भएको थियो । त्यस संस्थाले आफ्नो २५औं वार्षिकोत्सवमा औपचारिक कार्यक्रम गरेन र त्यो कार्यक्रम गर्दा लाग्ने खर्च वापतको रकम त्यस सेवा घरलाई सहयोग स्वरुप: प्रदान गरेको बताइएको छ । त्यसै अवसरमा उक्त सेवा घरलाई लत्ताकपडा समेत वितरण गरेको जनाइएको छ ।त्यसै संस्थाका अध्यक्ष कायस्थले उक्त संस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै हाम्रो यस संस्थालाई २५औँ वर्षसम्म ल्याउन साथ र सहयोग गर्नु हुने यस संस्थाका शेयर सदस्य , कर्मचारी तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।