कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) , पर्साको तेस्रो वाषिर्क साधारणसभा सम्पन्न, चौरसिया अध्यक्षमा चयन

0 Shares

कोअपरेटिभ म्यानेजर्स क्लब ( CMC) ,पर्साको तेस्रो वाषिर्क साधारणसभा हिजो गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा सम्पन्न भयो । कोअपरेटिभ म्यानेजर्स क्लब , पर्साका कार्यबाहक अध्यक्ष चन्देश्वरप्रसाद चौरसियाको अध्यक्षता तथा नेफ्स्कूनका सञ्चालक हरेराम पटेलको प्रमुख आतिथ्यमा सो वाषिर्क साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन गदै प्रमुख अतिथि पट्टेलले कोअपरेटर्स म्यानेजर्स क्लब , पर्साले बीरगञ्जमा रहेका सहकारीहरुको सुधार गदै सञ्चालक समिति र कर्मचारी बीचको समन्वय अर्थात पुलको काम गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले सी.एम.सी., पर्सा राजनीतिक रहित बन्न र जनशक्ति तयारी गर्न सुझाव समेत दिनुभयो । सहकारीहरुले अब बैंक भन्दा छिटो र भरपर्दो सेवा सर्वसाधारणलाई दिने गरी ब्यवस्थापन गर्ने समय आईसकेको उहाँको भनाई छ । त्यसैगरी राष्ट्रिय सहकारी बोर्डका पूर्व सञ्चालक शम्भु गुप्ताले अब सहकारी संस्थालाई बलियो बनाउन यस कोअपरेटर्स म्यानेजर्स क्लबले दिनरात आफ्नो काममा लाग्न र सञ्चालक र कर्मचारी बीचको समन्वय गर्ने जिम्मेवारी पाएकोले यसलाई पूरा गर्नु पर्ने खाँचो औंल्याउनुभयो । उहाँले वीरगञ्जमा अहिले करिब ६ सयको हाराहारीमा सहकारी संस्था खुलेका छन् र उनीहरूलाई पनि यस क्लबमा आबद्द गराउन सुझाव दिनुभयो । पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कार्यबाहक अध्यक्ष असगर अली , सञ्चालक एवम् श्री विराटलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का सचिव कुन्दन पाल, नेफ्स्कूनका फिल्ड संयोजक बृजेश गुप्ता , बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की , पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समितिका सदस्य राजेन्द्र जैसवाल  , कोअपरेटर्स म्यानेजर्स क्लव , पर्साका संस्थापक अध्यक्ष जिष्णु बराल, राष्ट्रिय सहकारी सहकारी बैंक लि. , शाखा कार्यालय , बीरगञ्जका प्रमुख संजय महतो लगायतले आ-आफ्नो धारणा सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य कोअपरेटर्स म्यानेजर्स क्लव , पर्साका महासचिव एवं गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक रबिभुषण श्रीवास्तवले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सहकारी अभियान्ता उपेन्द्र श्रेष्ठले गर्नु भएको थियो । सो साधारणसभाबाट श्री निधी बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक चन्देश्वरप्रसाद चौरसिया अध्यक्षतामा कोअपरेटर्स म्यानेजरले क्लव , पर्साको सञ्चालक समिति चयन भएको छ । सो समितिको उपाध्यक्षमा रबिभुषण श्रीवास्तव, महासचिवमा दीपेन्द्र चौधरी, सचिवमा रामबाबु चौधरी र कोषाध्यक्षमा सन्तोषलाल कर्ण तथा सदस्यमा दीपेन्द्र श्रेष्ठ, श्रीमती इन्दु रञ्जितकार, नरेश चौरसिया र किशोर सिंह क्षेत्री रहनु भएको छ । सोही साधारणसभाले दीपक श्रेष्ठको संयोजकत्वमा फणिन्द्रप्रसाद गुप्ता, धर्मेन्द्रकुमार जयसवाल, अमितप्रसाद चौधरी र चन्द्रशेखर प्रसाद शाह सदस्य रहेको ५ सदस्यीय शिक्षा उप-समिति समेत चयन गरेको कोअपरेटर्स म्यानेजरले क्लव , पर्साका अध्यक्ष चौरसियाले जानकारी दिनुभयो ।

Leave a Reply