मंगलदीप साकोसको सदस्य सेवाकेन्द्र ठैबमा

0 Shares

ललितपुरको प्रयाग पोखरीमा रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि.ले शनिवारबाट ललितपुरको ठैबमा सदस्य सेवाकेन्द्र सञ्चालन शुभारम्भ गरेको जनाएको छ । सो सेवाकेन्द्र सञ्चालन आरम्भ भएसँगै उक्त संस्थाका ठैब तथा सो आसपासका रहेका शेयर सदस्यहरुलाई कारोवार गर्न सहज भएको देखिएको छ । 

उक्त सेवाकेन्द्रको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईले उद्घाटन गर्नुभयो ।  सो अवसरमा उहाँलेे  नीति , विधि र प्रविधिलाई आत्मसाथ गरी सहकारी संस्थाहरु सञ्चालन हुनु पर्नेमा जोड दिनु हुदै मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि.ले गरिरहेको प्रगति देख्ता खुशी लागेको बताउनुभयो । त्यसै अवसरमा मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नवराज विष्टले उक्त सेवाकेन्द्र स्थापना गर्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गर्दै मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि.को गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले निकट भविष्यमै काठमाडौं उपत्यका बाहिर मकवानपुरको थाहा नगरपालिकामा पनि यस संस्थाको सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताउनुभयो ।

सो सेवाकेन्द्र उद्घाटन भएको दिनमा नै रु.२५ लाखको कारोबार भएको बताइएको छ ।

आर्थिक बर्ष २०७७/२०७८ को अन्तसम्ममा त्यस संस्थामा शेयर पूँजी रु. १ करोड ८१ लाख १४ हजार ६ सय , बचत संकलन रु.१२ करोड ५० लाख ९२ हजार , ऋण लगानी रु.१३ करोड ७६ लाख ४ हजार र कूल कारोवार रु.१७ करोड ८७ लाख ७९ हजार ८ सय ३४ थियो , जो अघिल्लो आर्थिक वर्षको बचत संकलनमा ४९ प्रतिशत , ऋण लगानीमा ३७ प्रतिशत र कूल कारोवार  ३८ प्रतिशतले बृद्धि भ एको अध्यक्ष विष्टको भनाई छ ।

 

Leave a Reply