अरुणिमा साकोसद्वारा आफ्नै भवन निर्माणको सिलन्यास कार्य सम्पन्न

0 Shares

लतिलपुरको लगनखेलमा प्रधान कार्यालय रहेको अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै भवन निर्माण शुभारम्भ भएको छ । यही भदौ १९ गते विहान ललितपुरको ताल्छिखेल चोकमा रहेको सो संस्थाको ३ आना जग्गामा वैधिक विधि अनुसार जग पुजा गरी भवन निर्माण सिलन्यास गरिएको थियो ।  त्यस भवन निर्माणको ठेक्का लागिसकेकोले १ बर्ष भित्र सम्पन्न हुने गरी आउदो असोज महिनाबाट यसको निर्माण कार्य शुरु हुने जनाइएको छ ।

२०६६ साउन ६ गते तत्कालीन डिभिजन सहकारी कार्यालय , ललितपुरमा दर्ता भई त्यसको १ महिनापछिबाट सञ्चालन आरम्भ भएको उक्त संस्था निरन्तर प्रगतपथमा अगाडि बढिरहेको छ भने यसको रु.५९ करोड कूल कारोवार र रु.५० करोड जति ऋण लगानी रहेको बताइएको छ ।

नेफ्स्कूनको शिक्षा तथा स्रोतकेन्द्र उप-समितका सदस्य तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नि:बर्तमान अध्यक्ष समेत रहनु भएका सोही संस्थाका अध्यक्ष रामशरण घिमिरेले  पार्किङ , ग्राउण्ड र अण्डरग्राउण्ड सहितको ४ तलाको यो भवन आवश्यकता अनुसार पार्टेशन गरी उपयोग गरिने नीति रहेको बताउनुभयो । उहाँले ‘यो भवनबाट हामीले निर्माण गरेको पछिल्लो रणनीतिक व्यावसायिक योजना अनुरुप आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिने छ’, भन्नुभयो । ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यता बिस्तारलाई अभियानका रुपमा अगाडि बढाउनुका साथै आफ्ना शेयर सदस्यहरुलाई सीपमूलक क्षमता अभिबृद्धि तालिम प्रदान गरी उत्पादन तथा व्यवसायमूलक आय आर्जनका कार्यमा जोडेर उनीहरुको जीवनस्तर उकास्ने गरी कार्य गरिरहेको उहाँको भनाई छ ‌।

Leave a Reply