आदर्श सञ्चार सहकारी संस्था लि., बागलुङद्वारा कर्मचारीहरुलाई योजना कार्यान्वयनका लागि कार्यक्रम तर्जुमा तालिम सम्पन्न

बागलुङ बजारमा सञ्चालनमा रहेको आदर्श सञ्चार सहकारी संस्था लि.द्वारा आफ्ना कर्मचारीहरुलाई संस्थाको योजना कार्यान्वयनका लागि कार्ययक्रम तर्जुमा सम्बन्धी तालिम सम्पन्न भएको छ । यही भदौ १९ गते सम्पन्न सो तालिमको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा गण्डकी प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामबहादुर जी.सी. ले सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले योजना विना उद्देश्यको परिकल्पना नहुने भन्दै कर्मचारीहरुलाई संस्थाले निर्धारण गरेको लक्ष्यमा पुग्न समय अनुकुल परिर्वतन आवश्यक रहेको बताउनुभयो । उक्त अवसरमा कर्मचारीहरुबाट काम गर्ने शिलशिलामा आउने गरेका समस्या तथा कार्य प्रणलीमा गुणस्तर ल्याउनका लागि आगामी दिनमा सुधार गर्नुपर्ने पक्ष र संस्थाको लक्ष्य प्राप्तिका लागि कर्मचारीहरुको भूमिका विषयमा छलफल समेत गरिएको थियो । सोही अवसरमा ऋण समूहबाट तयार गरिएको योजनाहरु ऋण विभाग प्रमुख रुपा ढकाल, विज्ञापन समूहको तर्फबाट लक्ष्मी शर्मा , शेयर समूहले तयार पारेको योजना शेयर विभाग प्रमुख मनकुमारी केसी (करिश्मा), सम्पादन समूहबाट तयार गरिएको योजनाहरु सह-सम्पादक खेमराज गौतम र लेखा समूहले तयार पारेको योजना रामकुमारी कार्कीले प्रस्तुत गर्नु भएको थियो ।
साविकको धौलागिरी अञ्चलमा नै पहिलो सञ्चार सहकारी संस्था रुपमा रहेको त्यस संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि समय- समयमा यस्ता तालिम तथा योजना तर्जुमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाले निर्धारण गरेको लक्ष्य हासिल गर्नका लागि कर्मचारीहरुको क्षमता विकास गर्न र योजनाबद्ध ढंगबाट काम गर्न सहज होस् भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको सो संस्थाका प्रबन्धक दीपकराज सापकोटाको भनाई छ ।
उक्त संस्थाले दैनिक तथा साप्ताहिक पत्रिका र आदर्श अनलाइन डट कम सञ्चालन गर्नुका साथै बचत तथा ऋणको कारोवार सञ्चालन गर्दै आएको छ । त्यसलाई थप व्यवस्थित गर्न व्यवस्थापन पक्षको ठूलो भूमिका हुने भएकाले कर्मचारीहरुको सहजता, क्षमता विकास र सेवा सुविधा लगायतका विषयमा छलफल गरी कार्यक्रम निर्माण गरिने सो संस्थाले जनाएको छ ।
(आदर्श अनलाइन डट कम, बागलुङको सहयोगमा )