राष्ट्रिय सहकारी बैंक लि.को वार्षिक समीक्षा कार्यक्रम जारी

0 Shares

हिजोबाट शुरु भएको राष्ट्रिय सहकारी बैंक लि.को बार्षिक समीक्षा कार्यक्रम आज पनि जारी छ । भर्चुअल माध्यमद्वारा सञ्चालन भइरहेको सो कार्यक्रमको शुभारम्भ गर्दै त्यसै बैंकका अध्यक्ष के.बी. उप्रेतीले यस बैंकको आर्थिक बर्ष २०७७/०७८ को समीक्षा गरी भावी योजनामा केन्द्रित भएर हाम्रो यो बैंकको लक्ष्य र उद्देश्य हासिल गर्ने गरी शाखा प्रमुखहरुलाई निर्देशनात्मक अनुरोध गर्नुभएको थियो । 

राष्ट्रिय सहकारी बैंक लि.का नि:बर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका उपाध्यक्ष रमेशप्रसाद पोखरेल , उक्त बैंकका सञ्चालक केदार मानन्धर , रामबहादुर जी.सी., विजया धिताल र विश्वनाथ मण्डल तथा प्रमुख कार्यकारी अधिक‌त बद्रीकुमार गुरागाईँ , नायव महाप्रबन्धक किशोरप्रसाद विमली , सहायक महाप्रबन्धक राजेश श्रेष्ठ सहित ३४ वटा शाखा कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त बैंकका सेवा डिभिजन प्रमुख रामबाबु आचार्यले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा त्यसै बैंकका ३४ वटा शाखा कार्यालयका प्रमुखहरुले आ-आफ्नो शाखाको आर्थिक बर्ष २०७७/०७८ मा तय गरेको लक्ष्य अनुसार भए गरेका समग्र गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने बाँकी ४४ वटा शाखा कार्यालयका प्रमुखहरुले आज आ-आफ्नो शाखाको सोही विषय सहितको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply