ज्योतिपुञ्ज साकोसले शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश बितरण गर्ने

0 Shares

काठमाडौं नयाँ बानेश्वरमा मुख्य कार्यालय तथा ललितपुरको कुमारीपाटी र काठमाडौंकै वीरेन्द्रचोकमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को यही भदौ १८ गतेबाट आरम्भ भएको ११औं बार्षिक साधारणसभा २०७८ भदौ २४ गते सम्पन्न गर्ने कार्यक्रम तय भएको सो संस्थाले जनाएको छ । यही भदौ १८ गतेबाट दैनिक बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्ना शेयर सदस्यहरुलाई संस्थाको प्रतिवेदन बितरण गर्ने र उक्त प्रतिवेदन उपर शेयर सदस्यहरुको सुझाव संकलन गर्ने कार्य भइरहेको सोही संस्थाका अध्यक्ष नवराज कार्कीको भनाई छ । शेयर सदस्यहरुको सुबिधाको लागि त्यस संस्थाको वेवसाइडमा समेत सो प्रतिवेदन राखेको र त्यस उपर शेयर सदस्यहरुले सुझाव दिन सक्ने व्यवस्था गरेको जनाइएको छ ।

उक्त प्रतिवेदनमा आर्थिक बर्ष २०७७/०७८ को अन्तसम्ममा त्यस संस्थामा शेयर सदस्य संख्या २ हजार ७ सय ८९ , शेयर पूँजी रु.१० करोड ४१ लाख १० हजार ,  निक्षेप संकलन रु.१ अर्ब १७ करोड ५५ लाख ४० हजार १ सय १० , कर्जा लगानी रु.१ अरब ३१ करोड ६५ लाख ९० हजार ७ सय ६५ , कोषमा रु. ११ करोड १ लाख ७३ हजार ४ सय ६५ , आयकर अगाडिको मुनाफा रु.५ करोड ८८ लाख ८२ हजार ९३ र  कूल सम्पति रु.१ अरब ६२ करोड ६३ लाख ९ हजार ७ सय ९४ रहेको उल्लेख छ । ललितपुरको लुभुमा समेत सदस्य सेवाकेन्द्र सञ्चालनको तयारी गरिरहेको उक्त संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश बितरण गर्ने सोही प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply