सगुन साकोस, हरिवनको विस्तारित भेला सम्पन्न , संस्थाको वार्षिक साधारणसभा आगामी असोज ६ गते हुने

0 Shares

सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को विस्तारित भेला हिजो हरिवनमा सम्पन्न भयो । सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष तथा उक्त संस्थाका पूर्व अध्यक्ष बाबुराम घिमिरेको आतिथ्यता , बर्तमान अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता र सचिव राजकुमार उप्रेतीको सञ्चालनमा सम्पन्न सो भेलाले त्यस संस्थाको वार्षिक साधारणसभा आगामी असोज ६ गते गर्ने निर्णय गरेको जनाइएको छ ‌। त्यसै संस्थाका उपाध्यक्ष तारादेवी सुवेदी , कोषाध्यक्ष विनोद कार्की सहित सञ्चालकहरु , संस्थापक सदस्य , सल्लाहकार , बिभिन्न उप-समितिका पदाधिकारी तथा सदस्य र कर्मचारी गरी ५० जनाको सहभागिता रहेको भेलाले प्रस्तावित नीति , कार्ययोजना र बजेटको विषयमा छलफल गरी प्राप्त सुझाव सहित तिनलाई पारित गर्दै साधारणसभामा निर्णयार्थ पठाउने निर्णय गरेको थियो ।

उक्त संस्थाको २०७८ असार मसन्तसम्मको कुल कारोबार रु १,५०,९१,३३,७७८ रहेको र आर्थिक बर्ष २०७८/०८९ मा कूल कारोवार रु.१,९०,०८,००,००० पु-याउने लक्ष्य रहेको बताइएको छ ।

Leave a Reply