जिल्ल सहकारी संघ लि.,काभ्रेपलाञ्चोकको ४०औं बार्षिक साधारणसभा सम्पन्न , सी.एम.सी.(CMC),काभ्रेपलाञ्चोक सम्मानित
![](https://i0.wp.com/sahakarisanjal.com/wp-content/uploads/2021/09/IMG_20210911_182817.jpg?fit=612%2C356&ssl=1)
जिल्ला सहकारी संघ लि., काभ्रे पलाञ्चोकको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा आज विशेष कार्यक्रमका साथ काभ्रेपलाञ्चोकको व्यापारिक नगरी बनेपामा सम्पन्न भयो । सोही संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मल्लले नेपालको सहकारी क्षेत्रको विकास र प्रबर्द्धनमा बाधक ऐन र नियम सहकारीमैत्री हुने गरी संशोधनको लागि राज्यको जिम्मेवार निकायसँग छलफल र लविङ गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य भएर काम गर्दाको अनुभवको पनि चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालन तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा , जिल्ला सहकारी संघ लि.,काभ्रेपलाञ्चोकका पूर्व अध्यक्ष तथा सल्लाहकार विनोद पराजुली , काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि के.सी.लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा त्यसै संघका अध्यक्ष शर्माले संघको वार्षिक नीति, योजना तथा कार्यक्रम , सचिव निरञ्जन विष्टले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष राजन शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफल गरी कार्यक्रमबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो ।
यसैगरी उक्त कार्यक्रममा कोअपरेटर्स म्यानेजर्स क्लब (CMC) , काभ्रेपलाञ्चोक , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा सहित बागमती प्रदेश सहकारी संघ लि. र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.मा काभ्रेपलाञ्चोकबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य एवं नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखामा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । उहाँहरुलाई प्रमुख अतिथि मल्लले सम्मान-पत्र प्रदान सम्मान गर्नु भएको थियो ।
सो सम्मान ग्रहण गर्दै गर्दै कोअपरेटर्स म्यानेजर्स क्लब(CMC),काभ्रेपलाञ्चोकका अध्यक्ष विवेकराज ठकुरीले हाम्रो यो क्लव स्वायत्त र स्वतन्त्र रहेको बताउनुभयो । उहाँले ‘यस क्लवको पहिलो लाइनमा व्यवस्थापन प्रमुखहरुलाई र दोस्रो लाइनमा अधिकृत स्तरका कर्मचारीहरुलाई जोडेर सहकारी संघ/संस्थाहरुका कर्मचारीहरुको क्षमता विकासमा विशेष ध्यान दिइने छ’ भन्नभयो ।
यस्तैगरी त्यस कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाभर सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये संरक्षित पूँजी फिर्ता कोषबाट उत्कृष्ट हुने पनौतीमा रहेका ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बनेपामा रहेका मोडल बचत तथा ऋण सहकारी लि. र सेवानुङ बचत तथा ऋण सहकारी संस्था लि., धुलिखेलमा रहेको सारथी बहुउद्देश्यीय सहकारी संस्था लि.र चौरीदेउरिलीमा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.लाई पनि सम्मान गरिएको थियो ।