ओम शिवशक्ति साकोस बीरगञ्जको १३औं वार्षिक साधारणसभा सम्पन्न , संस्थामा कूल कारोवार रु.३४,३०,७२७

0 Shares

बीरगञ्ज महानगरपालिका- ८ ,लिंकरोड घण्टाघरमा रहेको ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार १३औं वार्षिक साधारण सभा सम्पन्न भयो । सो सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक शम्भु गुप्ताले कार्यक्रमको उद्घाटन गर्नुभयो ।  उहाँले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै यस संस्थाले हरेक जनताको मन जित्न सफल भएकोमा बधाई दिनुभयो । प्रमुख अतिथि गुप्ताले कोभिडको समयमा पनि आफ्नो कार्यलाई अगाडि बढाउँदै यस संस्थाले नाफा आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अहिलेको अवस्थामा सहकारी एउटा गरीब, निमुखा र दैनिक ज्यालादारी गर्ने व्यक्तिको लागि सहकार्यको भूमिका निभाउन सफल हुदै आएकोले रसमा सबैलाई बचत गर्न आग्रह गर्नुभयो । उहाँले सहकारीको मद्दतले आज साधारण व्यक्तिले पनि आफ्नो जीवनलाई माथि उकास्न सफल भएको र सहकारीले आम जनतामाथि भएको शासनको बेथितिलाई तोडन सफल भएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह राजपूतले शुभकामन मन्तव्य व्यक्त गर्दै यस संस्थाले लगानी मात्र होइन कोभिड तथा हावाहुरीबाट पीडित भएका व्यक्तिहरुलाई आफ्नो तर्फबाट सहयोग गरी सामजिक क्षेत्रमा पनि ठूलो सफलता हासिल गरेको छ भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले यस संस्थाले कम लगानीबाट आम जनताको मन जित्दै आज करोडौंको व्यापार गर्न सफल भएको बताउनुभयो । उहाँले जीवनमा बचत पनि अति नै आवश्यक भएकोले बचत गर्न सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी अर्का विशिष्ट अतिथि समाजसेवी शिवशंकर पटेलले शुभकामना मन्तव्य व्यक्त गर्दै यस संस्थाले आगामी दिनमा पनि अझै आम जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले केही सिमित सहकारी संस्थाले गरेको गलत कार्यले गर्दा सेवाग्राहीमा पनि चिन्ता र लगानी डुब्ने डर पनि हुने हुनाले सचेत भएर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष अरुणकुमार साहले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी संस्थाका शाखा इन्चार्ज अनिलकुमार साहले संस्थाले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आम व्यक्तिको लागि सहकारी एकमात्र सहयोगी संस्था भएको हुनाले ढुक भएर जुटन आग्रह गर्नु भएको थियो ।

। कार्यक्रमका अध्यक्ष अरुण कुमार साहले कार्यक्रमलाई सफल बनाई दिएकोमा संस्थाका कर्मचारी बर्ग, सलाहकार , बुद्धिजीवी, अथिति , लगानी कर्ता लगायतलाई धन्यवाद दिदै सबैको सहकार्यमा आउने दिनहरुमा अझै राम्रा कामहरु गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नू भएको थियो । कार्यक्रममा संस्थाका सलाहकार कलिष्टर शाह कानु, राजेशप्रसाद गुप्ता, मुन्ना तिवारी, संस्थाका सदस्य प्रमोद पटेल लगायत लगानीकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य सुरेन्द्रप्रसाद पटेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन उमेशप्रसाद यादवले गर्नु भएको थियो ।

सो संस्थामा शेयर पूँजी रु.२० करोड ९८ लाख ४१ हजार , बचत संकलन रु.२४ करोड ८३ लाख ७३ हजार ६ सय ७०, ऋण लगानी रु.२६ करोड ६ लाख ३६ हजार २१ , मुनाफा रु.१३ लाख ६८ हजार ४ सय ३४ र कूल कारोबार रु.३४ करोड ३० लाख ७ सय २७ रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका ब्यवस्थापक अनुप यादवले सहकारी सञ्जाललाई जानकारी दिनुभयो

 

Leave a Reply