ललितपुर जिल्ला बचत संघ आजबाट २९औं वर्षमा प्रवेश

0 Shares

ललितपुर जिल्लामा सञ्चालनमा रहेको साकोसहरुको छाता संगठन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. आजबाट २९औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५० असोज ३ गते स्थापना भएको सो संघ २९औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अहिले सोही संघको  आयोजनामा ललितपुरको झम्सिखेलमा विशेष कार्यक्रम भइरहेको त्यसै संघका व्यवस्थापक सन्तोष बजगाईँले बताउनुभयो ।

उक्त संघ स्थापना भएको २८औं वर्ष पूरा भई २९औं वर्ष प्रवेश गरेको अवसरमा सोही संघका अध्यक्ष रामहरि बजगाईँले शुभकामना व्यक्त गर्दै दिगो साकोस मार्फत समृद्ध समाज  निमार्ण परिकल्पनाका साथ अगाडि बढेको हाम्रो यस संघले नीति , विधि र प्रविधि अनुरुप आफ्ना सदस्य संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय भूमिका निर्वाह आएको भन्दै यस संघमा २०७८ असार मसान्तसम्म शेयर पूँजी रु.६ करोड १९ लाख र कूल सम्पति रु.१ अर्ब ९४ करोड रहेको बताउनुभयो । उहाँले ‘आफ्ना सदस्य संस्थाहरुको प्रवर्द्धन तथा संम्बर्द्धनको लागि उनीहरु बीच सहकार्य र समन्वय गर्दै अगाडि बढेको हाम्रो यो संघ सदस्य संस्थाहरुमा वित्तीय सुशासन सहित गुणस्तरीयता कायम गराउन प्रतिबद्ध छ’, भन्नुभयो । 

त्यस संघको २८औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा सहकारी मन्त्री शेरबहादुर देउवा,  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’  र राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले  शुभकामना सन्देश मार्फत सो संघको उत्तरोतर प्रगतिको कामना गर्नु भएको छ ।

Leave a Reply