ललितपुर जिल्ला बचत संघको २८औं स्थापना दिवस तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औं स्थापना दिवस तथा बार्षिक समीक्षा कार्यक्रम आइतबार अगेनो, झम्सिखेलमा सम्पन्न भयो । सो संघका सल्लाहकार , सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका बर्तमान तथा पूर्व पदाधिकारी तथ सदस्यहरु र कर्मचारीहरु सहित १०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको सोही संस्थाका अध्यक्ष रामहरि बजगाईँ र संस्थापक अध्यक्ष रोहिणी जोशीले केक काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष बजगाईँले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले प्रवाह गरिरहेको सेवा र आफ्ना सदस्य संस्थाहरुलाई मर्यादित र व्यवस्थित बनाई गुणस्तरीय सेवा प्रवाह गर्ने सक्ने बनाउन गरेको कार्यको चर्चा गर्नु हुदै ललितपुर जिल्लाका सहकारी मा २३ अर्ब रुपैया पूँजी रहेको छ, जो ललितपुरमा रहेका कमर्शियल बैंकहरुको तुलनामा ४० प्रतिशत मात्रै हो , बाँकी ६० प्रतिशत रकम पनि सहकारीमा तान्न लागिपर्न सकौं’, भन्नुभयो । उहाँले हाम्रो यस संघले रोकिएको चौथो ललितपुर साकोस समिट आउदो मंसिर ८ देखि २० गतेसम्म जसरी पनि गर्ने बताउनुभयो । सोही संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य र सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गर्नु भएको कार्यक्रममा त्यसै संघका व्यवस्थापक सन्तोष बजगाईँले त्यस संघको गतिविधि सहित समग्र अवस्थाको बारेमा प्रस्तुती गर्नु भएको थियो ।
सो अवसरमा त्यसै संघकी संस्थापक अध्यक्ष रोहिणी जोशी , नेफ्स्कूनका नि:बर्तमान सञ्चालक नानीकाजी शाक्य , नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि. र बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे सहित १६ जनाले आ-आफ्नो विचार व्यक्त गर्दै सो संघले गरिरहेको प्रगति र प्रवाह गरिरहेको सेवाको प्रशंसा गर्दै सुझाव सहित थप प्रगतिको कामना गर्नुभयो ।