आफ्नो २२औं स्थापना दिवसको अवसरमा बालकुमारी साकोसद्वारा खुल्ला रक्तदान कार्यक्रम आयोजना
भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.२३औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २२औं स्थापना दिवसको अवसरमा सो संस्थाको आयोजनामा शंखधरचोकमा रक्तदान -जीवनदान उद्घोषका साथ यही असोज ३ गते खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोही संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । त्यसै संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य , सल्लाहकार , शेयर सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको उक्त रक्तदान कार्यक्रम भक्तपुर रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । त्यस रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई टिसर्ट सहित प्रमाण-पत्र प्रदान गरिएको सोही संस्थाका व्यवस्थापक सुरेन्द्र श्रेष्ठको भनाई छ । वित्तीय कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको हाम्रो यस संस्थाले रगत अभावले कोभिड-१९ लगायतका विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि आफ्नो २२औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको सोही संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्थापना भएदेखि नै बचत र ऋण कारोवार मार्फत आफ्ना शेयर सदस्यहरुको आर्थिक , सामाजिक र सांस्कृतिक रुपमा जीवनस्तर उठाउन सहयोग पुग्ने गरी कार्य गर्दै आएको सो झै संस्थामा ५ हजार १ शेयर शेयर सदस्य र रु.१ अर्ब ७० करोड कूल कारोवार रहेको जनाइएको छ ।
