बचत तथा ऋण सहकारी संस्थामा अपचलन भएको रकम सम्बन्धित संस्थाको अपचलन गर्ने सञ्चालकबाटै असुल गर्नुपर्छ : सांसद प्रेम सुवाल

0 Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बचत तथा ऋण सहकारी संस्थामा अपचलन भएको पैसा सम्बन्धित संस्थाको अपचलन गर्ने सञ्चालकबाटै असुल उपर गर्नुपर्छ’, भन्नु भएको छ । नेकपा (एमाले) का सांसदहरुको विरोध र नाराबाजीका बीच चलेको संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको विरोधमा आफूले दर्ता गरेको फरक प्रस्ताव प्रस्तुत गर्ने क्रममा उहाँले सो विचार व्यक्त गर्नु भएको हो ।

पछिल्लो समय सञ्चालकहरुकै कारण कतिपय सहकारी संस्था समस्या परिरहेको बेला सांसद सुवालको यो विचारलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सो बैठकमा उहाँले मुलुकमा देखिएको राजश्व छली , शिक्षा तथा स्वास्थ्य क्षेत्रको वेथीति , सार्वजनिक सम्पतिको अपचलन लगायतका विषयहरु सरकारलाई ध्यानाकर्षण गर्दै संसदमा विचारधीन एमसीसी(MCC) राष्टृरघाती  भएको तथ्य प्रस्तुत गर्दै यो खारेज हुनु पर्ने बताउनुभयो ।

Leave a Reply