बहुउद्देश्यीय सहकारी संघ/संस्थालाई आफ्नो उद्देश्य अनुरूको काम गर्न कानुनी अडृचन छ : तिमिल्सिना

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमिल्सिनाले सहकारी ऐन,२०७४ मा बहुउद्देश्यीय सहकारी संघ/संस्थालाई आफ्नो उद्देश्य अनुरुपको बहुउद्देश्यीय कार्य गर्न सक्ने व्यवस्था गरिएको भएपनि कानुनी अड्चनले गर्दा तिनीहरुलाई आफ्नो उद्देश्य अनुसारको कार्य गर्न गाह्रो परिरहेको बताउनुभयो ।बहुउद्देश्यीय सहकारी संघ लि.,काठमाडौको आयोजनामा आज काठमाडौंमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि रहनु भएका तिमिल्सिनाले सहकारी उत्पादनमा जान कानुनी अड्चन हटाउनु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष मनोज थापा मगरले बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुले बचत र ऋण कारोवारमा मात्रै सिमित नरही आफ्नो उद्देश्य अनुरुपको बहुउद्देश्यीय कार्य गर्नु पर्नेमा जोड दिनु हुदै सहकारीले विभिन्न प्रकृतिका बहुउद्देश्यीय कार्य सक्ने बताउनुभयो । त्यसैगरी सोही संघका पूर्व अध्यक्ष तुलशीप्रसाद सापकोटाले यस संघलाई बलियो बनाउदै लगेको बताउनुभयो । कार्यक्रममा कास्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा सहकारी प्रशिक्षक कृष्णप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गर्दै सहकारीलाई काम गर्न प्रसस्त अवसर र चुनौति रहेको बताउनुभयो । उहाँले सहकारीले कृषि , उद्योग लगायतका परियोजना सञ्चालन गर्न सकिने अवस्था रहेको छ’, भन्नुभयो । कार्यक्रमका सहभागीहरुले बहुउद्देश्यीय सहकारी संघ/संस्थालाई ७०/३० को प्रावधानले आफ्नो उद्देश्य अनुरुप काम गर्न कठिनाइ भएकोले यो प्रावधान संशोधन हुनु पर्नेमा जोड दिएका थिए ।
उक् भेलाले काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय बहुउद्देश्यीय सहकारी संघ, काठमाडौ महनगर समन्वय समिति गठन गरेको छ । उक्त समितिमा मध्य मस्र्याङदी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष इन्द्रकुमार राई, सद्धभाव बहुउद्देश्यीय सहकारी संस्था लि.का सचिव विदुर हुमागाईँ , शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले ,साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक दुतराज लामा, आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि.की सविना वाग्ले, बरुण बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक धनबहादुर खत्री , उपलब्धी बहुउद्देश्यीय सहकारी संस्था लि.की प्रतिभा निरौला, चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र श्रेष्ठ , हितकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यकारी प्रमुख दीप नेपाल र अभियान बहुउद्देश्यीय सहकारी संस्था लि.का वासुदेव खत्री सदस्य रहनु भएको छ । सो समितिको प्रथम बैठकले पदाधिकारी चयन गर्ने बताइएको छ ।