श्री वीर भगवती साकोसले नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अन्तर्गतको कर्वसमा ग-यो आगामी १ वर्षको लागि सम्झौता
काठमाडौंको नागार्जुन नगरपालिका-३, मा रहेको श्री वीर भगवती बचत तथा ऋण सहकारी संस्था लि.ले नेफ्स्कून-कास्कून साझेदारी अन्तर्गतको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्वस)मा आगामी एक वर्षका लागि सम्झौता गरेको कास्कूनले जनाएको छ । कास्कूनकी कार्यक्रम अधिकृत सविना न्याैपाने , नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र वरिष्ठ सहायक मनोहर आचार्य तथा श्री वीर भगवती बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शिवबहादुर तामाङ र व्यवस्थापक नवीनकुमार लामा लगायतको उपस्थितिमा सोही संस्थाको कार्यालयमा हिजो उक्त सम्झौता भएको थियो ।
