२०७८ असोज १० बाट कञ्चनजंघा साकोसको सेवाकेन्द्र शुवर्णभूमि लगनखेलमा
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ मा रहेको कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि.ले २०७८ असोज १० गतेदेखि ललितपुरकै लगनखेलमा आफ्नो सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याउने भएको छ । सो सेवाकेन्द्रको नाम सुर्वणभूमि राखिने जनाइएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ मा रहेका कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि. र शुवर्णभूमि बचत तथा ऋण सहकारी संस्था लि.बीच एकीकरण भई २०७८ साउन १ गतेबाट एकीकृत कारोवार शुरु भएको थियो भने एकीकृत संस्थाको नाम कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि.राखिएको थियो । दुई संस्था बीच एकीकरण भई कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि.बनेसँगै यस संस्थामा आक्रमण बृद्धि भई शेयर सदस्य , शेयर पूँजी र कारोवार राम्रोसँग बृद्धि भएको सोही संस्थाका अध्यक्ष राजाराम कोइरालाको भनाई छ ।
