चमेली कल्याणकारी साकोस, बिरुवाको १९औं वार्षिक साधारणसभा सम्पन्न, संस्थाको कूल सम्पति रु.६४ करोड ३० लाख

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-१, बिरुवामा आफ्नै भवनबाट  सञ्चालन भइरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/०७८ मा आर्जन गरेको मुनाफाको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्दै यही असोज ३ गते सम्पन्न भयो । कोभिड-१९ को संक्रमण जोखिमको कारण सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरु लगायतको सिमित उपस्थितिमा विद्युतीय माध्यम (ZOOM) र फेसबुक लाइभको माध्यमबाट सञ्चालन भएको सो साधारणसभाको समापन कार्यक्रम सोही संस्थाका अध्यक्ष चन्द्रराज खड्काले अध्यक्षता , सचिव मिठाराम न्यौपानेले सञ्चालन र सूर्यविनायक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष सानुकाजी कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि कायस्थले सामाजिक , आर्थिक र सांस्कृतिक परिवर्तनमा  सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सहकारीको विकास र प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने  बताउनुभयो । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त्यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रवाह गरेको सेवा र त्यसको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै उहाँले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्दे त्यसै संस्थाका अध्यक्ष खड्काले चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को समग्र अवस्था र गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले २०५९ सालमा ३४ जना शेयर सदस्यहरुको ३ हजार ४ सय शेयर पूँजीबाट स्थापना भएको हाम्रो यस संस्थामा यसबेलासम्म ३ हजार ७ सय ४३ जना शेयर सदस्य र रु.६४ करोड ३० लाख कूल सम्पति रहेको बताउनुभयो । २०७८ भदौ २९ गते सो साधारणसभा शुभारम्भ भएको थियो । कूल शेयर सदस्यको ७६.१४ प्रतिशत शेयर सदस्यहरुले सहभागिता रहेको उक्त साधारणसभा शुरु भएदेखि असोज १ गतेसम्म ५ स्थानमा निर्धारण गरिएको सदस्य उपस्थिति केन्द्रमा शेयर सदस्यहरुलाई संस्थाका प्रतिवेदनहरु प्रदान गर्ने र ती प्रतिवेदन उपर छलफल गरी राय सुझाव संकलन गरिएको थियो भने शेयर सदस्यहरुको सुझाव अनुसार असोज ३ गते समापन कार्यक्रम गरिएको बताइएको छ ।

उक्त संस्थाको प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८  सो संस्थाले रु.१ करोड ८२ लाख मुनाफा आर्जन गरेको उल्लेख छ ‌।

 

Leave a Reply