बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. पाण्डेलाई स्वागत र नि:बर्तमान सचिव डा.वैद्यको विदाई
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएर आउनु भएका सचिव डा.शरणकुमार पाण्डेलाई स्वागत र सोही मन्त्रालयकी नि:बर्तमान सचिव डा.मनिता वैद्य जोशीलाई विदाई गरिएको समाचार प्राप्त भएको छ । हेटौंडास्थित सो मन्त्रालयमा यही असोज ४ गते सचिव पाण्डेको स्वागत गरिएको थियो । त्यसैगरी सोही मन्त्रालयकी नि:बर्तमान सचिव डा.वैद्यलाई यही असोज ६ गते विदाई गरिएको थियो । सो विदाई कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, सोही मन्त्रालयका कर्मचारीहरु ,बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा लगायतको उपस्थिति थियो।
डा.वैद्य विगत १ वर्षदेखि सो मन्त्रालयको सचिव हुनुहुन्थ्यो । यही भदौ २९ गते नेपाल सरकार , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डा.पाण्डेलाई सो मन्त्रालयको सचिवमा र नि:वर्तमान सचिव डा.जोशीलाई अन्यत्रै सरुवा गरिएको थियो ।
