त्रियोगात्मक साकोसको आयोजना तथा कास्कून र ब्लोदानको संयोजनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौंको बनस्थलीमा रहेको त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)र ब्लोदानको संयोजनमा हिजो बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । कास्कून र ब्लोदान बीच आर्थिक वर्ष २०७८/०८९ मा कास्कूनका सदस्य संस्थाहरुको आयोजनामा ५२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमती भए अनुरुप सो रक्तदान कार्यक्रम सम्पन्न भएको कास्कूने जनाएको छ । त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कास्कूनका उपाध्यक्ष नवराज अर्याल र सञ्चालक तारानाथ सापकोटा तथा ब्लोदानका भोलानाथ पाठक लगायतको उपस्थिति रहेको  त्यस कार्यक्रममा रक्तदाताहरुलाई धन्यबाद सहित प्रमाण-पत्र प्रदान गरिएको थियो ।  

कास्कूनका सदस्य संस्थाहरुको पालैपालो आयोजनामा प्रत्येक हप्ता रक्तदान कार्यक्रम सञ्चालन हुदै आएको छ ।

 

Leave a Reply