सामुदायिक साकोसको सदस्य सेवाकेन्द्र काठमाडौंको नयाँ बानेश्वरमा !

0 Shares

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४,टौखालमा प्रधान कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले काठमाडौंको नयाँ बानेश्वरमा सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याउने भएको छ । सो सेवाकेन्द्रको यही असोज ९ गतेबाट सञ्चालन शुभारम्भ हुने बताइएको छ । योसँगै उक्त संस्थाको सदस्य सेवाकेन्द्रको संख्या १४ पुगेको छ । नेफ्स्कूनसँग सहकार्य गरी एसियाली ऋण महासंघले सञ्चालन गरिरहेको एक्सेस ब्राण्ड कार्यक्रममा सन् २००८ बाट आबद्ध सो संस्था नेपालमा मात्रै नभई एसियाका उत्कृष्ट सहकारी संस्थामध्येको एक रहन सफल भएको छ ।

वि.सं.२०५१ सालमा ४१ जना शेयर सदस्यहरुको रु.३२ हजार ५ सय शेयर पूँजीबाट स्थापना भएको त्यस संस्थामा वि.सं.२०७८ असार मसान्तसम्म ३१ हजार २ सय ७६ शेयर सदस्य र रु.३ अर्व ३ करोडभन्दा बढी कारोवार रहेको छ भने उक्त संस्थाको प्रधान कार्यलयबाट ७ सय ३४ र सेवा केन्द्रहरुबाट २ सय १४ गरी कुल ९ सय ४८ वटा समुह मार्फत सहभागितात्मक समूह परिचालन कार्यक्रम  सञ्चालन हुदै आएको सोही संस्थाले जनाएको छ ।

Leave a Reply