जिल्ला बचत संघ, काभ्रेपलाञ्चोकको आयोजनामा विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
जिल्ला बचत तथा ऋण सहकारी संघ लि., काभ्रेपलाञ्चोकको आयोजनामा १ दिवसीय विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम होटल उग्रचण्डी सभाहलमा यही असोज ११ गते सम्पन्न भयो । उक्त कार्यक्रमको सोही संघका अध्यक्ष रामहरि के.सी.ले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँले जिल्ला बचत तथा ऋण सहकारी संघ लि., काभ्रेपलाञ्चोकको गतिविधि र विपद् व्यवस्थापनको आवश्यकता बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले विपद् व्यवस्थापनको लागि आवश्यक तयारी लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । सो संघकी प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस कार्यक्रममा सोही संघका शिक्षा तथा तालिम उप-समितिका संयोजक निर्मला श्रेष्ठले तालिमको पृष्ठभुमि, उद्देश्य र औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
सहकारी संघ र संस्थाका सञ्चालक समिति र व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरी आर्थिक मन्दी, प्राकृतिक प्रकोप, महामारी आदिले सहकारी क्षेत्रमा पार्ने प्रभाव तथा पु-याउने असर र त्यसलाई न्युनिकरण गर्ने उपायहरुका साथै सरकारीको नीतिगत व्यवस्थापनको बारेमा प्रशिक्षण गरिएको त्यस अभिमुखीकरण कार्यक्रममा सोही संघका सचिव उदयमान कायस्थ सहित विभिन्न सहकारी संस्थाबाट ६१ जना प्रतिनिधिले सहभागिता जनाउनु भएको थियो । उक्त कार्यक्रमको उक्त संघकी द्धितीय उपाध्यक्ष तीर्थमाया प्रधानले समापन र उप-प्रबन्धक रविकुमार के.सी ले सञ्चालन गर्नुभएको थियो ।

