हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा सम्पन्न , ६० जना भन्दा बढीलाई रोजगारी दिने योजना

0 Shares

काठमाडौंको तिनकुनेमा आफ्नै भवनमा मुख्य कार्यालय र काठमाडौंकै जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं बार्षिक साधारणसभा यही असोज ९ गते भर्चुअल(ZOOM) र फेसबुक लाइभ जस्ता विद्युतीय माध्यमबाट सम्पन्न भयो । सो साधारणसभा यही असोज १ गतेदेखि शुरु भएको थियो ।

साधारणसभामा सोही संस्थाका अध्यक्ष बासुदेव घिमिरेले उक्त संस्थाको सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७/०८८ मा शेयर सदस्य , शेयर पूँजी तथा कारोवार बृद्धि भई यस संस्थामा शेयर सदस्य संख्या २ हजार ६ सय २८, शेयर पूँजी रु.४ करोड ५८ लाख ९८ हजार ९ , निक्षेप संकलन रु.२१ करोड ९३ लाख ७१ हजार १ सय २७ , कर्जा लगानी रु.३३ करोड १ लाख ६ हजार १ सय ७६ , कूल कोष रु.२ करोड २४ लाख २१ हजार ७ सय ४८ र खुद मुनाफा रु.१ करोड ९ लाख ३७ हजार ७ सय ८८ रहेको बताउनुभयो । सो संस्थाको समग्र अवस्था र गतिविधि बारे प्रकाश पार्दे उहाँले ‘बचत र ऋण कारोवारसँगै आफ्नै भवनमा सहकारी उपभोक्ता पसल सञ्चालन गरिरहेकोको हाम्रो यस संस्थाले सिन्धुलीमा गाई पालन, बाख्रा पालन, दूध डेरी, फलफूल तथा तरकारी खेती सञ्चालन गरी ६० जना भन्दा बढीलाई रोजगारी उपलब्ध गराउने योजना रहेको छ,’ भन्नुभयो । यस संस्थाको कार्य विस्तारको प्रस्ताव गरेकोमा त्यसलाई बागमती प्रदेश सहकारी महाशाखाबाट सहगोग नभएको उहाँको भनाई थियो । सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक नारायण देश भट्टले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाले अवलम्वन गर्नु पर्ने विषयमा सुझाव दिनु भएको थियो । साधारणसभामा उक्त संस्थाका प्रबन्ध निर्देशक सुमन विक्रम थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ र चालु आर्थिक वर्षमा पनि यसको शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने लगायतका योजना रहेको बताउनुभयो । उहाँले ‘आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन मद्दत पुग्ने गरी कार्य गरिरहेको हाम्रो यस संस्थाले कोरोना भाइरसबाट प्रभावित सदस्यहरुलाई राहत प्रदान गर्नुका साथै ऋणी सदस्यहरुको कर्जाको ब्याजमा कूल रु.५ लाख ४२ हजार २ सय ८०  छुट प्रदान गरेको छ’, भन्नुभयो । साधारणसभाबाट सहकारी एकीकरण गर्ने लगायतका प्रस्ताव सहित प्रतिवेदनहरु पारित गरेको थियो ।

 

https://m.facebook.com/story.php?story_fbid=898987314378883&id=100028028684646

Leave a Reply