को अपरेटिभ म्यानेजर्स क्लब कञ्चनुरमा सुनिल सेठीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

0 Shares

कन्चनपुरको महेन्द्रनगरमा कञ्चनपुर जिल्लाभरीका विभिन्न प्रकृतिका सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुको छाता संगठन को अपरेटिभ म्यानेजर्स क्लब कञ्चनपुरको पहिलो बार्षिक साधारणसभा २०७८ असोज १४ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । सो को अपरेटिभ म्यानेजर्स क्लबको हिजो बिहीबारका दिन एक औपचारिक कार्यक्रम सन्चालन गरि पहिलो साधारण सभा तथा महाधिवेशन सम्पन्न गरेको जानकारी गराईएको छ ।
. त्यसैगरी मेगा बचत तथा ऋण सहकारी संस्था कञ्चंनपुरका प्रमुख कार्यकारी अधिकृत सुनिल सेठीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो जसको उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह सचिवमा मदनराज भट्ट कोषाध्यक्षमा गणेश बहादुर चन्द सहसचिवमा कल्पना चापागाईं त्यसैगरी सदस्यहरुमा मोहन बहादुर चन्द एक कुमार श्रेष्ठ लक्ष्मी सेठी सबिना कुमारी थापा शरद चन्द्र पाण्डे र कर्ण बहादुर धामी रहनु भएको छ ।
त्यसैगरी कर्यक्रमको प्रमुख आतिथ्यतामा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई बिशिष्ट अतिथिमा नेफ्सकुनका संचालक माधव जोशी र अतिथिहरुमा रास्ट्रिय सहकारी महासंघका पुर्व संचालक गणेश बहादुर चन्द जिल्ला बहुउद्देश्यीय सहकारी संघ कन्चनपुरका अध्यक्ष प्रेम बहादुर भाट जिल्ला बचत तथा ऋण सहकारी संघ कन्चनपुरका अध्यक्ष भवानी चन्द रहनु भएको थियोे त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं रास्ट्रिय सहकारी बैंकका प्रमुख अधिकृत गुरागाईले बैंकले सहकारी क्षेत्रको बिकासको लागि काम गर्ने बताए साथै सहकारीहरुको बचत तथा ऋण ब्याजदरका लागि पनि बैंकको तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सहकारीको संस्थागत बिकास सुशासन र ब्यवसायिकरणका लागि संगठित संस्थाको परिकल्पना सहित जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा क्लब दर्ता भएको बताईएको छ ।
सहकारी अभियानका विषयहरुमा बहस पैरवी गर्ने कार्यका लागि विषय विज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने विभिन्न कार्यशाला तालिम गोष्ठी तथा छ्लफल कार्यक्रमहरु संचालन गर्ने सहकारी संस्थामा एकरुपता कायम गर्ने सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य लागायतको उद्देश्य उक्त क्लबको रहेको जानकारी अध्यक्ष सेठीले सहकारी सञ्जालालाई बताउनु भयो

 

Leave a Reply