पब्लिक को-अपरेटिभ लि.को २४औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

महानगरपालिका-३, जावलाखेल ,धोबिघाटमा रहेको पब्लिक को-अपरेटिभ लि.को २४औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष महेशमान शाक्यको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान सञ्चालक एवं जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलालको प्रमुख आतिथ्यता , हास्य कलाकार दीपाश्री निरौलाको विशेष आतिथ्यता र नायिका रीता कँडेलको आतिथ्यतामा २०७८ असोज १५ गते शुक्रबार कुमारी बैंङ्क्वेट, गा:बहालमा सम्पन्न भयो । विद्युतीय माध्यमबाट समेत प्रत्यक्ष प्रशारण गरिएको सो साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि दुलालले पब्लिक को-अपरेटिभका सबै सूचाङ्क राम्रो देखिएकोले शेयर सदस्यहरुले निर्धक्क भएर यस संस्थामा कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले समाजमा कुनै पनि बिभेद नभएको एक मात्र क्षेत्र सहकारीको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउदै ‘कोभिड-१९ को महामारीमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलाप गरेको सहकारीमा तरलता बृद्धि भइरहेको छ’, भन्नुभयो । त्यसैगरी कार्यक्रममा विशेष अतिथि निरौलाले  कोरोना महामारीमा पनि पब्लिक को-अपरेटिभ लि.प्रगतिपथमा राम्रोसँग अगाडि बढेको देख्ता खुशी लागेको बताउनुभयो । उहाँले ‘कोरोना महामारीले गर्दा यो दशैंमा आफूहरुले दर्शक/श्रोतालाई नयाँ चलचित्र दिन नसकेपनि म्युजिक भिडियो भने दिने गरी त्यसको सुटिङ भइरहेको छ’, भन्नुभयो । सो साधारणसभाका अध्यक्ष श्रेष्ठले त्यस संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘शेयर सदस्य ज्यूहरुको निरन्तरको साथ सहयोग तथा कर्मचारीहरु मेहनत र परिश्रमले आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न भइरहँदासम्म हाम्रो यो संस्था विना उल्झन निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’, भन्नुभयो । सोही संस्थाका उपाध्याक्ष गुणमणि शाक्यले स्वागत मन्तव्य र कर्मचारी सानु शाक्यले  सञ्चालन गर्नु भएको उक्त साधारणसभामा सो संस्थाका कोषाध्यक्ष सुनिल शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०७८ असार मसान्तसम्म हाम्रो यस संस्थामा १,५७६ महिला र २,२३७ पुरुष गरी शेयर सदस्य संख्या २,८१३ , शेयर पूँजी रु.३,३६,८९,४००, निक्षेप संकलन रु.३६,३४,६८,६४४/५७ र कर्जा लगानी रु.३७,३२,०४,२२५/७३ रहेको भन्नुभयो भने लेखा सुपरीवेक्षण समिति संयोजक मनिला चाम्लिङ्गले त्यस संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थामा शेयर सदस्य, शेयर पूँजी र कारोवार बृद्धि भइरहेको देखिएको बताउनुभयो । साधारणसभामा विशेष अतिथि निरौलालाई मायाको चिनो प्रदान गरिएको थियो । 

उक्त संस्थाका सचिव दिनेश ताम्राकारले २०७८ मंसीर ३ गतेदेखि हाम्रो यो संस्था स्थापना भएको २४ वर्ष पूरा भई २५औं वर्षमा प्रवेश गर्दैछ र हाम्रो यो संस्थाको रजत वर्षको अवसरमा यो वर्षभरी विभिन्न कार्यक्रम गर्ने योजना रहेको सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply