शुभ सन्देश सहकारीको छैठौं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठामाडौंको कुलेश्वरमा रहेको शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा प्रमुख अतिथि कामनपा– १४ की वडा अध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यतामा बगैंचा रेष्टुरेन्ट कलंकी खसी बजारमा आज एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । सो साधारण सभा असोज २२ गतेसम्म संस्थाको कार्यालयमा बिहान १० बजे देखि ५ बजेसम्म संचालन गरी सम्पन्न गरिनेछ ।
सोहि कार्यक्रमको अध्यक्षता ग्रहण गर्दे संस्थाका अध्यक्ष कुबेर थापाले आर्थिक बर्ष २०७७ ÷ २०७८ को  बार्षिक प्रतिवेदन पेश गर्दै उनले संस्थाले समुदायमा आधारित संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउँदै सदस्यहरुको सेवामा निरन्तरता दिदैँ आएको जानकारी गराए ।
त्यसै गरी संस्थाले सहकारी संस्थाको अन्तराष्ट्रिय मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै छैठौं बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा आफुलाई खुशी लागेको धारणा व्यक्त गरे ।
संस्थाले आगामी दिनहरुमा संस्थाको उद्देश्य अनुरुप अन्य व्यवसाय सदस्य सेवा केन्द्र स्थापना गर्ने, युवा रोजगार तालिमहरु संचालन गर्ने र संस्थालाई समयानुकुल प्रविधिमैत्री बनाउने भावी योजनामा सदस्यहरुको साथ सहयोग रहनेमा उनले आफ्नो धारणा राखेका थिए
सो कार्यक्रमा प्रमुख अतिथि सापकोटाले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गर्दै उक्त संस्थाले विश्वव्यापी रुपमा फैलिएको कोराना माहामारीको बेलामा पनि आफ्ना सदस्यहरुलाई सुरक्षित रुपमा वित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरेकी थिईन ।
सोहि संस्थाका संस्थापक सदस्य सिताराम अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सचिव हरिप्रसाद कोइरालाले गरेका थिए ।

संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर संस्थाका नियमति बचततर्फ उत्कृष्ट बचतकर्ताहरु सुरेश गोइंका, सानुकाजी खत्री, राजन देवकोटा, कुमार घिमिरे, बिशेश्वर बाँनिया,मदनमान महर्जन उद्धव आचार्यलाई सम्मान गरेको थियो ।
त्यसैगरी विशिष्ट कार्यसम्पादन कर्मचारी निर्मला सापकोटालाई उत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत गरेको हो ।
संस्थाको २०७७÷०७८ असार मसान्तसम्म सदस्य संख्या १५९२, शेयरपुँजी ९५ लाख ७८ हजार ६ सय, जगेडा कोष १२ लाख ३८ हजार २ सय ६६, निक्षेप संकलन ८ करोड ४६ लाख ४ सय १८, ऋण लगानी ८ करोड १९ लाख १४ हजार ८ सय २० रुपैया रहेको सोहि संस्थाका व्यवस्थापक मनिष कुमार झाले सहकारी सञ्जाललाई जानकारी दिए ।

Leave a Reply