गृहलक्ष्मी सहकारीले दियो पर्सा जिल्लामा पहिलो A.T.M एटीएम सेवा

पर्सा जिल्लाको विरगञ्जबाट आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय कारोबार गर्दै आईरहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा हिजो मिति २०७८ साल असोज १५ गते शुक्रबार बिरगंज स्थित टाउनहलको सभाहलमा सप्पन्न भएको छ ।
सोही दिन गृहलक्ष्मी साकोसको आफ्नै भवनमा A.T.M सेवाको उद्घाटन गरेको हो । यो एटीएम सेवा पर्सा जिल्लाभरीकै पहिलो गृहलक्ष्मी सहकारीले यो सेवा प्रदान गर्न सफल भएको छ । आर.एम.डी.सी लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत पृथ्वी बहादुर थापाद्रारा उद्घाटन गरिएको सो कार्यक्रममा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेप्स्कुनका संचालक हरेराम पटेल पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेप्सकुनका फिल्ड संयोजक बृजेश गुप्ता को अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया राष्ट्रिय सहकारी बैंक शाखा कार्यलय बिरगंजका प्रमुख संजय महत्तो, को अपरेटिभ म्यानेजर्स क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल, प्रतिनिधि नगनारायण सिंह लगायत सहकारी संस्थाहरुका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले आउने दिनमा गृहलक्ष्मी साकोसले अझै प्रगति गर्दै जाने कुरामा बिश्वास व्यक्त गर्नुभयो कार्यक्रमका सभापति अशोक राउतले अहिले आफ्ना सेयर सदस्यहरुलाई प्रविधिमा पहुँच पुर्याउने एटिएम क्यु आर कोड मोबाइल बैन्किङ जस्ता सेवाले डिजिटल प्रविधिको माध्यमबाट सदस्यहरुलाई सहज हुने कुरामा जोड दिनुभयो ।
सो कार्यक्रम अन्तरर्गत एटीएम क्यु आर कोड र मोबाइल बैकिङ निःसुल्क रजिष्टेशन गर्नका लागि हेल्प डेस्क बनाइ सहजीकरण गरिएको छ सोही कार्यक्रममा १५०० जना सदस्यहरुको उपस्थिति रहेको थियो साथै यस कार्यक्रममा सास्कृतिक कार्यक्रमको आयोजना लगायत संस्थाको उत्कृष्ट कर्मचारी उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणिहरुलाइ सम्मान सहित नगद प्रमाण पत्र प्रदान गरिएको थियो साथै यस संस्थाको असार मसान्तसम्मको सेयर पुजी १३ करोड ६८ लाख ९ हजार ४ सय ऋण लगानी २० करोड २७ लाख ८० हजार ८ सय ८८ बचत १५ करोड ९५ लाख ३९ हजार ३५ कुल कारोबार २५ करोड ८६ लाख ३९ हजार ८ सय २ रुपैयाँ र सदस्य संख्या २६,४८ रहेको सोही संस्थाका ब्यवस्थापक रवि भुषण श्रीवास्तवले सहकारी सन्जाललाई जानकारी दिनुभयो