एटलस सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको कुलेश्वरमा रहेको एटलस बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा असोज १६ गते शनिवारका दिन ग्राण्ड होटल सोल्टीमोडमा कोरोना माहामारीबाट आफ्ना सदस्यहरुलाई सुरक्षित तरिकाबाट उपस्थित सदस्यहरुलाई विधुतीय माध्यमबाट प्रत्यक्ष रुपमा आफ्नो संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरी साधारण सभा सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्षता धुब्ररुद्र कर्माचार्यबाट पानसमा दिप प्रज्वलन गरी कार्यक्रको उद्घाटन गरिएको थियो ।
सो कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को बर्षिक प्रतिवेदन पेश गर्दे उक्त संस्थाका अध्यक्ष कर्माचार्यले संस्थामा आबद्ध रहनु भएका सदस्यहरुको साथ र सहयोगले गर्दा आज संस्थाले १३ औं बार्षिक साधारण सभा सफलतापुर्वक सम्मन भएकोमा आफुलाई खुशी लागेको महशुस गर्नुभयो ।
संस्थाको शेयर पूँजी बृद्धि गर्न आवश्यक भएकाले वितरण गर्ने लाभांश मध्ये ८ प्रतिशत बराबरको रकम बोनस शेयरको रुपमा तथा १० प्रतिशत बराबर रकम लाभांशका रुपमा वितरण गर्ने निर्णय समेत गरिएको थियो । संस्थाले २०७७ बैशाख १६ गते देखि २०७७ असार मसान्त सम्मको ब्याज भुक्तानीमा लागेको बिलम्ब दस्तुर पूर्ण छुट गरी संस्थाका सदस्यहरुलाई सहुलियत समेत प्रदान गरिएको थियो ।
् त्यसैगरी संस्थाको मुनाफा २ करोड ४२ लाख ५२ हजार १ सय १० रुपैया रहेको छ
सो कार्यक्रमको सञ्चालन शरदप्रसाद कोइरालाले गर्नुभएको थियो ।
संस्थाको आर्थिक बर्ष २०७७÷०७८ मा शेयर पुँजी ४ करोड १८ लाख ७१ हजार ९ सय, कर्जा लगानी ४८ करोड ६३ लाख ३७ हजार २३ रुपैया, कुल निक्षेप ५९ करोड ६९ लाख २ हजार १ सय २० रुपैया, जगेडा ६ करोड ५८ लाख २७ हजार ९ सय ३९ रुपैया र सदस्य संख्या ६ सय ९१ रहेको उल्लेख गरिएको छ ।
सो संस्थाको आगामी दिनमा कार्यक्षेत्र विस्तार गर्ने र सदस्यता विस्तार गरी कारोबार बढाउदै लैजाने योजना रहेको छ ।