वचन साकोस, डिल्लीबजारको १२औं वार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि को १२ औँ वार्षिक साधारण सभा सो संस्थाका अध्यक्ष सुरज के.सी.को अध्यक्षता तथा राष्ट्रिय सहकारी बिकास बोडका सह-अध्यक्ष दक्ष पौडेल (सुवाष) को प्रमुख आतिथ्यता र काठमाडौं महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दलबहादुर कार्कीको विशेष आतिथ्यतामा शनिवार होटल हार्दिक , बागबजारमा सम्पन्न भयो । सो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले स्थापना भएको छोटो समयमा नै वचन साकोसले राम्रो प्रगति गरेको देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारी संघ/संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यसैगरी विशेष अतिथि कार्कीले आफू सहकारी उत्थान र प्रगतिको लागि लागिरहने बताउदै वचन साकोसको  उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष मनोहरि तिवारी, वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख सल्लाहकार मोहनध्वज जोशी , सचिव अर्जुनप्रसाद रिमाल , क्रोधरहित संसारका उपाध्यक्ष डा.लक्ष्मण शाक्य लगायतको आतिथ्यता रहेको त्यस सभामा सोही संस्थाका अध्यक्ष के.सी.ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य महानुभावहरुको साथ र सहयोग , सञ्चालक समितिको टिमवर्क र कर्मचारीहरुको मेहनत र परिश्रमले हाम्रो यो संस्था स्थापना भएदेखि नै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ र यसले परिवर्तित समय अनुरुप आफ्नो सेवालाई थप गुणस्तरीय बनाउदै लगेको बताउनुभयो ।

त्यसैगरी सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका प्रबन्ध निर्देशक देशमर्दन बस्न्यातले २०७८ असार मसान्तसम्म यस संस्थामा शेयर सदस्य संख्या १ हजार ९ सय र कूल पूँजी रु.२६ करोड ७३ लाख ८७ हजार ७ सय ३०/ ८१ रहेको र आर्थिक वर्ष २०७७/०७८ संस्थाले आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्न सफल भएको बताउनुभयो । उहाँले बचत र ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको हाम्रो यो संस्थाले आफ्नो नीति अनुरुप आर्थिक वर्ष २०७७/०७८ दुई जना महिला सदस्यलाई सुत्केरी भत्ता र दुई जना शेयर सदस्यको परिवारलाई समवेदना स्वरुप: काजक्रिया खर्च प्रदान गरेको बताउनुभयो । यस संस्थाले डिजिटल प्रविधि मार्फत पनि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको यस संस्थाले आफ्नो वित्तीय कारोवारलाई सुरक्षित गर्न वीमा कार्यविधि निर्माण , विभिन्न संघ/संस्था र क्लवसँग सहकार्य गर्दै अगाडि बढ्ने गरी सदस्य कार्यविधि निर्माण , संरक्षण पूँजी फिर्ता कोष कार्यविधि निर्माण गरिएको र ऋण कार्यविधि चौथो पटक संशोधन गरी लागू गरिएको उहाँको भनाई छ । त्यस्तै उक्त संस्थाका शेयर सदस्य माधव तिमिल्सिनाले शेयर सदस्यहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोही सभामा महिलाहरुको नेतृत्व गर्दै समूह विस्तार मार्फत सो संस्थालाई महत्वपूर्ण सहयोग गर्नु भएको भन्दै तारकेश्वर नगरपालिका वडा नं ६ कि कमला तामाङलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । 

Leave a Reply