माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था ले कला र संस्कृति प्रवर्द्धनको लागि गरेको कार्य प्रशंसनीय छ : मन्त्री भुषाल

0 Shares

उर्जा , जलश्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुषालले स्थापना भएको छोटो समयमा नै माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.ले राम्रो प्रगति गरेको देखिएको भन्दै खुशी व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका-११, कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभाको ज्वागल व्याङ्क्वेटमा शनिवार उद्घाटन गर्दै मन्त्री भुषालले  आफ्नै सांस्कृतिक टोली निर्माण गरी माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.ले कला र संस्कृति प्रवर्द्धनको लागि उल्लेखनीय कार्य गरिरहेको बताउनुभयो ‌। उहाँले मुलुकको समृद्धिमा सहकारीको महत्वपूर्ण योगदान रहेकोले यसको विकास र प्रवर्द्धनमा सबै मिलेर लाग्नु पर्ने आवश्यकता औंल्याउनुभयो । माँ बंगलामुखी उपभोक्ता सहकारी सहकारी संस्था लि.का अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभामा बागमती प्रदेश सभासद दीपेश महर्जनले  शुभकामना मन्तव्य व्यक्त गर्दै माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.का सबै सूचकाङ्क राम्रो देखिएको भन्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोल , यल अन्तर सहकारी समन्वय समितिका संयोजक नवीन महर्जन , १५ वटा सहकारी संस्था रहेको सोही समितिमा रहेका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि र पब्लिक को-अपरेटिभ लि., का अध्यक्ष महेशमान शाक्य , लिटिल फ्लावर्स, स्कूलका प्रिन्सिपल विकेश महर्जन लगायतको आतिथ्यता रहेको त्यस सभामा सोही संस्थाका अध्यक्ष अधिवक्ता महर्जनले  संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘शेयर सदस्यहरुको आर्थिक उन्नति गर्ने उद्देश्यले २०६६ चैत्र १२ गते स्थापना भएको हाम्रो यस संस्थामा पहिलो वर्षमा कूल सम्पति रु.१८,८५,३०० रहेको भएपनि आज यस संस्थामा कूल सम्पति रु.३२,८२,१८,८५० भन्दा बढी रहेको छ’, भन्नुभयो । उहाँले शेयर सदस्यको सक्रिय सहयोग, सञ्चालक समितिको टीम वर्क र कर्मचारीहरुको परिश्रमले गर्दा हाम्रो यो संस्थाले निरन्तर प्रगति गरिरहेको छ भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।  त्यसैगरी उक्त संस्थाकी कोषाध्यक्ष अञ्जु तण्डुकारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस संस्थामा आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजी रु.२,५८,९८,५००, निक्षेप संकलन रु.१७,४३,००,२७१ र कर्जा लगानी रु.२५,८३,८३,९५२ र कूल सम्पति रु.३२,८२,१८,८५० रहेको बताउनुभयो । त्यस्तै त्यस संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै यो संस्थाले राम्रो प्रगति गरेको बताउनुभयो ।

आफ्नै भवन रहेको उक्त संस्थाका व्यवस्थापक सुनिल महर्जनले स्वागत मन्तव्य र सुनिता डंगोलले सञ्चालन गर्नु भएको त्यस सभामा सोही संस्थाका उत्कृष्ठ बचतकर्ता सदस्य कृष्णादेवी तण्डुकार , असल ऋणी सदस्य बाबुराजा तण्डुकार र असल कर्मचारी सम्मानबाट लेखा अधिकृत रिनु तण्डुकारलाई सम्मान गरिएको थियो । यस्तै शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७८ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ठ जीपीएका साथ उत्तीर्ण हुने युजल महर्जन , स्यम्युज श्रेष्ठ , शिरिष तण्डुकार , राज महर्जन , सुशिना  अवाले , प्रिन्सा महर्जन , रेजिश महर्जन , दीया महर्जन , विप्लव खड्गी , अन्सु तण्डुकार , सचित तण्डुकार, लुजिना कपाली , नितेश श्रेष्ठ , निस्ता खड्गी र सेरेन सिंहलाई सम्मानित गरिएको थियो । त्यस्तैगरी सो सभामा त:लाछे मंका खल माँ बंगलामुखी सांस्कृतिक कवलाई धिमे बाजा  र माँ बंगलामुखी सांस्कृतिक कवलाई  लाखे ड्रेस प्रदान गरियो । यस्तै प्रमुख अतिथि भुषाललाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

Leave a Reply