शुभश्री साकोस, शंखधर चोकद्वारा १५ प्रतिशत लाभांश वितरण

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि ले आर्थिक वर्ष २०७७/०७८ मा आर्जन गरेको मुनाफाको आधारमा आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण शुरु गरेको छ । हिजो उक्त संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले लाभांश वितरण शुभारम्भ गर्नुभयो । स्थानीय समुदायमा आधारित त्यस संस्थाले आफ्ना २,५९० जना  शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरीएको त्यसै संस्थाका कोषाध्यक्ष रत्नमान श्रेष्ठको भनाई छ ।

Leave a Reply