आश्रय बहुउद्देश्यीय सहकारीको १३ औं साधारण सभा सम्पन्न

0 Shares

 

काठमाडौंको ताहाचलमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा असोज १६ गतेका दिन आफ्नै नव निर्मित भवनमा एक औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ ।
सो साधारण सभाले प्रेमकृष्ण मानन्धरको अध्यक्षतामा नयाँ सञ्चालक कार्यसमिति चयन गरेको छ
त्यसैगरी उपध्यक्षमा विश्वकल्याण बडगामी, सदस्यहरुमा रमेशध्वज बस्नेत, शान्त रत्न बज्राचार्य, विजयलाल श्रेष्ठ, किरणरत्न शाक्य, सोनी बज्राचार्य चयन भएका छन् । लेखा समिति संयोजकमा विमल श्रेष्ठ र सदस्यमा सुवर्णलाल प्रधान, प्रविणबहादुर सिंह रहेका छन् ।
संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को शेयरपुँजी २ करोड ६५ लाख ३३ हजार ६ सय, जगेडा तथा अन्य कोष १ करोड ३८ हजार, बचत संकलन २४ करोड ३२ लाख ७२ हजार, ऋण लगानी १५ करोड ३० लाख ७८ हजार उल्लेख गरिएको उक्त संस्थाका मुख्य प्रबन्धक राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी गराएका छन् ।

Leave a Reply