शुभकामना साकोसको २१औ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

२०७८ साल असोज १६गते शनिवार एशियाली ऋण महासंघ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्तगर्न सफल समुदायमा आधारित शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २१औ बार्षिक साधारण सभा भक्तपुर सूर्यबिनायक स्थित थापा पार्टी प्यालेसमा सम्पन्न भयो । बिश्वमहामारी कोभिड १९ को संक्रमणलाई ध्यानमा राखी सहकारी बिभागको सूचना तथा नेपाल सरकारको स्वास्थ्य मापदण्ड समेतलाई मध्यनजर गरी सिमित सदस्यहरु मात्र भौतिक उपस्थिति रहने तथ ाअन्य सदस्यहरुको लागि संस्थागत फेसबुक तथा यूट्यूवमार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त सभा संस्थाका अध्यक्ष श्री रामप्रसाद कासुलाज्यूको सभापतित्वमा भएको थियो । सभामा संस्थापक अध्यक्ष स्व. कृष्णप्रसाद सुवालको तस्वीरमा माल्यार्पण गरी यस आ.ब.मा दिवांगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारण गरि शुुरु भएको सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागतगर्नु भएको थियो ।
सभामा सचिव पुष्पलाल तमिलाले प्रस्तुत गर्नु भएको आ.ब.२०७७।०७७८ का बिभिन्न कार्यक्रमहरु तथा आगामी बर्षको नीति तथा कार्यक्रम पास गरियो भने कोषाध्यक्ष बलराम जु श्रेष्ठले प्रस्तुत गर्नु भएको रु १२ करोड ११ लाख ५०हजार २९२ रुपैया २९ पैसा आाम्दानी तथा रु ९ करोड ४८लाख २९हजार ४७५ रुपैया १८ पैसा खर्च गरी कुल रु २ करोड ६३ लाख २०हजार ८१७ रुपैया ११ पैसा नाफा गर्न सफल रहेको तथा कुलवासलात रु १ अर्व २५ करोड ९९लाख १३हजार ६३७ रुपैया ९८ पैसाको आर्थिक प्रतिवेदनको साथै आगामी बर्षको रु ४ करोड ९ लाख ८४हजार ४८९ रुपैया ८७ पैसा कुल नाफा तथा कुलवासलात रु १ अर्व ४६ करोड ३४ लाख ९५हजार ३५० रुपैया५० पैसा को अनुमानित बजेट समेत सभाले पास गरिएको थियो ।
सभाले भ.न.पा. वडा नं. २ स्थित शुभकार्य कृषि सहाकरी संस्था लि. संग मर्ज गर्न गठित कार्यदलले गरेको कार्यहरु अनुमोदनगर्दै उक्त संस्था संग मर्ज गर्ने निर्णय गर्नुको साथै अन्य सहकारी संस्थाहरु संग समेत मर्ज गर्दै जाने निर्णय भएकोे थियो ।

Leave a Reply