उद्यम विकास सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न
काभ्रे जिल्लाको पनौती नगरपालिकामा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको १४ औ बाषिक साधारण सभा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठको अध्यक्षतामा अहि असोज १६ गते शनिबारका दिन श्रीराम पार्टी प्यालेस पनौतीमा सप्पन्न भएको छ ।
त्यसैगरी विशिष्ट अतिथिमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी त्यसैगरी अतिथिहरुमा पनौती न.पा. वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी तथा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका कार्यकारी प्रमुख केशव दाहाल, सुगन्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार प्रसाद मैनाली सामुदायिक साकोसका लेखा संयोजक हरी प्रसाद तिमल्सिना, ज्योति मिरमिरे साकोसका कोषाध्यक्ष पुर्णराम तुलाधर रहनु भएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि शर्माले पैसावाला र हुनेखानेको बिचमा मात्रै सहकारी जानेको परिवेशमा अबका दिनहरुमा ग्रामीण भेगमा जहाँ मध्यमस्थरका जनताहरुले समृद्धिको साहारा बन्नु पर्ने देखिन्छ काभ्रे जिल्लामा १४ सय ९५ ओटा सहकारीहरु रहिरहदा ३ लाख ८३ हजार सेयर सदस्यहरु आबद्ध रहेका छन भनी जिल्ला सहकारी संघ काभ्रेले निकालेको तथ्यांक पुस्तिकामा देखिन्छ यसमध्ये दोहोरो डब्लुगेसन सदस्यता कति छ्न यसको तथ्यांक देखिएको छैन यस विषयमा सहकारीहरुको ध्यानाकर्षण हुनुपर्दछ काभ्रे जिल्लाका सबै घरधुरीहरु सहकारीमा आवद्ध गराउने जिल्ला सहकारी संघको रहेको छ ।
त्यसैगरी सेयर सदस्यहरुको जिविको पार्जन र आय आर्जनका कुरालाई जोड दिदै रोजगारीका अवसरहरु शृजना गर्ने सदस्यहरुले पनि आज २ रुपैयाँ कमाउदा पनि भोलि ४ रुपैयाँ कमाउन थाल्दछन र अलि बिस्तारै केहि समयमानै हरेक सेयर सदस्यहरु समृद्ध बन्दै जानेछन भन्ने उनको भनाई हो ।
सो संस्थाको असार मसान्तसम्म सेयर सदस्यहरु ३,८ १६ रहेका छन सेयर पुजी ३ करोड ५८ लाख ११ हजार २०० निक्षेप संकलन ३९ करोड ५० लाख ३५ हजार ६७ ऋण लगानी ३७ करोड २६ लाख ३७ हजार ७ सय ३६ जगेडा कोष १ करोड ६२ लाख ५० हजार १ सय ३३ रुपैयाँ रहेको उक्त संस्थाका ब्यवस्थापक उत्तम श्रेष्ठले सहकारी सन्जाललाई जानकारी दिनुभयो
