शुभप्रवा सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौंको चुच्चेपाटी चावहिलमा प्रधान कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लि को १२ औं बार्षिक साधारण सभा पूर्व अर्थमन्त्री रामशरण महतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्वमा असोज १६ गते सम्पन्न भएको थियो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले ३० हजार भन्दा बढिको संख्यामा सहकारीहरु देशैभरी रहेको बताउँदै यो भीडमा शुभप्रभा बचत तथा ऋण सहकारीले आफ्नो छुट्टै पहिचान बनाउँदै १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेकोमा बधाई तथा सफलताको शुभ कामना व्यक्त गरेका थिए ।
सो सभामा आफ्नो स्वागत मन्तव्य राख्दै संस्थाका अध्यक्ष बस्नेतले कोरोना माहामारीको समयमा पनि सदस्यहरुलाई सुरक्षाको पालना गरी वित्तीय सेवा उपलब्ध गराएको जानकारी गराए । यो सुविधाबाट सदस्यहरुलाई केहि सहजीकरण भएको थियो । संस्थाले सदस्यहरुलाई मोबाईल बैंकिङ, एटीएम क्यूर आर कोड र रकम ट्रान्सफर जस्ता आधुनिक सेवाहरु सदस्यहरुलाई प्रदान गर्न सफल भएकोमा प्रशंसा उनले गरेका थिए ।
त्यसैगरी संस्थाले उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि तथा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको हो ।
संस्थाले का.मन.पा–७ मा रहेको हर्ट फाउण्डेशन र गौतमबुद्ध रंगशाला निर्माण राष्ट्रिय आविष्कार केन्द्रलाई कोभिड नियन्त्रण रोकथामका लागि आर्थिक सहयोग गरेको समेत थियो ।
संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक बार्षिक प्रतिवेदन पेश गर्दै असार मसान्तसम्मको शेयरपूँजी ७ करोड ४३ लाख ८३ हजार, बचत संकलन ५९ करोड ७६ लाख ९६ हजार, ऋण लगानी ५५ करोड रहेको बताएका थिए । संस्थाले आगामी आर्थिक बर्षमा शेयरपुँजी ८ करोड, बचत ८५ करोड र ऋण लगानी ८० करोड पु¥याउने लक्ष्य लिएको छ । संस्थाको गत आर्थिक बर्षमा मुनाफा १ करोड २९ लाख ५८ हजार गरेको छ ।
संस्थाले सदस्यहरुलाई रेमिट्यान्स सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।
उक्त संस्थाले काठमाडौंको चुच्चेपाटीमा संस्थाको प्रधान कार्यालय बनाउन जग्गा खरिद गरिसकेको जानकारी समेत गराइएको छ ।

