जिल्ला बचत संघ पर्साको १४ औं स्थापना दिवस सम्पन्न

0 Shares

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साको १४ औ स्थापना दिवस २०७८ असोज १९ गते मंगलबार एक औपचारिक कार्याक्रमका बिच सम्पन्न भएको छ । सभाका प्रमुख अतिथी राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक शम्भु गुप्ताले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाल सोे कार्यक्रममा शुभकामना दिदै यस संघले साकोसकोहरु मन जित्न सफल भएकोमा बधाई दिनुभयो । संस्थाका अध्यक्ष राजेश पंडितले संघले गरेको कार्याक्रम को बारेमा जानकारी प्रस्तुत गर्नु भयो र संचालक समितिले निर्णय गरेको पाँच बाट उप–समितिका पदधीकारीहरु लाई आ–आपनो जिम्मेवारी बहन गर्न आग्रह गनुभयो ।
कार्याक्रमा बिशिष्ट अतिथि जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह लेखासमिति का संयोजक श्री राजेन्द्र प्रसाद जैसवाल राष्ट्रिय सहकारी बैक लि.वीरगंज शाखाका प्रवन्धक संजय कुमार महतो र नेफ्स्कुन फील्ड कार्यालयका इन्चार्ज बृजेश गुप्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो । संघका महासचिव जिष्णु बराल ले कार्यक्रम संचालन गर्नु भएको हो ।
सो कार्यक्रमको –अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष चन्दे्रश्वर प्रसाद चौरसिया र संघका वरिस्ठ उपाध्यक्ष असगर अलि अन्सारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साथै संघका कोषाध्यक्ष नगनारायण सिंहले सबै सहकारी संस्थाका प्रतिनिधिहरुले आर्थिक सुशासनमा रहनु पर्नेमा जोड दिनुभयो कार्यक्रममा संघका सदस्यहरुको भब्य उपस्तिथी रहेको सोही संस्थाका ब्यवस्थापक अनुप यादवले सहकारी सन्जाललाई जानकारी दिनुभयो

Leave a Reply