बिरगंजमा सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न
को अपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा नेफस्कुन फिल्ड कार्यलय बिरगंजको प्राविधिक सहयोगमा असोज २० गते विहिबार बिरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको शारदा मा.बि.बहुअरीमा सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सो विद्यालयका बिद्यार्थीहरुलाई सहकारीको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडितको आतिथ्यता तथा को अपरेटिभ लिडर्स क्लब पर्साका अध्यक्ष रामनिवास देहाती विशिष्ट अतिथिमा शिवम साकोसका ब्यवस्थापक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका लेखा संयोजक राजेन्द्र जैसवाल शारदा मा.बि.का प्रध्यानाध्यापक रामनारायण मिश्रा बिरगंज बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष डि.बि.कार्की गृहलक्ष्मी साकोसका अध्यक्ष अशोक राउत अहिर, जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता नेफस्कुन फिल्ड कार्यालय बिरगंजका ब्यवस्थापक बृजेश गुप्ता चेतना साकोसका अध्यक्ष जग बहादुर पटेल नवजिवन साकोसका राम बिनेश ठाकुर हृदय नारायण शाह कुन्दन पाल जनप्रतिनिधि रामकेश्वर कुशवाह लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा नेफस्कुनका फिल्ड ब्यवस्थापक बृजेश गुप्ता र जिल्ला बचत संघका संचालक सदस्य कुन्दन पालले प्रशिक्षण दिनु भएको थियो सो कार्यक्रममा बिस्को का अध्यक्ष डि.बि.कार्कीले स्वागत मन्तब्य राक्नु भएको थियो र कार्यक्रमको संचालन बृजेश गुप्ताले गर्नुभएको जानकारी जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका ब्यवस्थापक अनुप यादवले सहकारी सन्जाललाई जानकारी दिनुभयो ।

