पोखराको पिपल्स सहकारीले गर्यो सदस्यहरुलाई सम्मान
पोखरा महानगरपालिका वडा नं ८ न्युरोड पोखरामा रहेको पिपल्स बचत तथा ऋण सहकारी संस्था लि. को ९ औं बार्षिक साधारण सभा यहि असोज २१ गते कुटी रिसोर्ट लेकसाइडमा सम्पन्न भएको छ । संस्थाको कार्यालयमा असोज १९ गते देखि २० गतेसम्म प्रतिवेदन सुझाव संकलन शुरु गरी कार्यक्रम गरिएको थियो । शेयर सदस्यहरुले प्रतिवेदन अध्ययन गरी विभिन्न राय तथा सुझावहरु पेश गरिएको थियो । सो राय तथा सुझावहरुलाई कार्यक्रममा सम्बोधन गरिएको थियो ।
संस्थाले नवौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ जसमा आर्थिक प्रतिवेदनहरु पारित गरिएको कार्यक्रममा आर्थिक बर्ष २०७७ \०७८ मा उत्कृष्ट कारोबार गर्ने १० जना शेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो ।
सो आर्थिक बर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने बजार प्रतिनिधि सोनी गुरुङ, क्यासियर पुजा जलारीलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शंकर बहादुर खत्रीले गरेका थिए ।
त्यसैगरी कार्यक्रमको प्रमुख अतिथिमा संस्थाका सल्लाहकारहरु मुक्तिनाथ चालिसे र अतिथिमा कृष्ण आचार्य रहेका थिए । उक्त कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिपेन्द्र चालिसेले राख्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव देवेन्द्र बास्तोला र शुभकामना मन्तव्य कुलराज बराल, संगिता पौडेल, महेश्वर भण्डारी र युवराज बोहोराले राख्नुभएको थियो ।
संस्थाको २०७७/०७८को असार मसान्तसम्म शेयरपुँजी ३ करोड ८७ लाख ८९ हजार २ सय, बचत संकलन २५ करोड २३ लाख ६१ हजार १ सय ७८ रुपैया, ऋण लगानी २५ करोड ७७ लाख ६९ हजार ९ सय ८९ रहेको बताइएको छ ।
संस्थाको कुल कारोबार ३४ करोड १ लाख २५ हजार ५ सय रुपैया रहेको सोहि संस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले सहकारी सञ्जाललाई जानकारी गराएका छन् । 
