को अपरेटिभ लिडर्स क्लब पर्साले गर्यो बडा दशैंको शुभकामना आदानप्रदान

0 Shares

को अपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा हिजो बिरगंज ,पर्सामा रहेको जिल्ला समन्वय समितिको हलमा विजयादशमीको शुभ दिपावली तथा छठ पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सो लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्व र कार्यक्रममा प्रमुख अतिथि नेफस्कुनका संचालक सदस्य हरे राम पटेल विशिष्ट अतिथिमा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अन्सारी ,अतिथिमा जिल्ला बचत संघका उपाध्यक्ष राकेश यादब , जिल्ला बचत संघ पर्साका संचालक नग नारायाण सिह,जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता,जिल्ला बचत संघ पर्साका संचालक गिरीराज कडेल, कृषि सहकारी संघ अध्यक्ष विरगंजका शिव कुमार, श्रीनिधि साकोसका उपाध्यक्ष मनोज गुप्ता, युवा सरोजगारका सुनिल कुमार रौनियार, जय अम्बे महिला सहकारीकी प्रतिनिधि निरा झा, गोदावरी साकोसका अध्यक्ष प्रदिप पटेल, फूल साकोसका अध्यक्ष संदिप पटेल, नवजिवन साकोसका राम बिनेश ठाकुर, हृदय नारायण शाह, ,ताज साकोसका अध्यक्ष ताज मिया लगायतहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन धार्मराज कुश्वहाले गर्नुभएको थिए । सो कार्यक्रमको जानकारी जिल्ला बचत संघ पर्साका व्यवस्थापक अनुप यादवले सहकारी सञ्जाललाई जानकारी दिएका थिए ।

Leave a Reply