रौतहटको संकल्प सहकारीको अध्यक्षमा पुन ः पोखरेल
रौतहटको चन्द्रपुर नपा– चन्द्रनिगाहापुर बजारमा रही आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारणसभा असोज १६देखि २३ गते सम्मको समापन कार्यक्रममा चन्द्रपुर न पा का मेयर रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता तथा चन्द्रपुर न पा का उपमेयर रामरती चौधरी को बिशिस्ट आतिथ्यता , रौतहट बचत संघकि अध्यक्ष देबकी नेपाल ,नवविकासका अध्यक्ष देब ब सापकोटा ,गुन्जन सुचना तथा संचार सहकारीका सन्जय कार्की हातेमालो साकोसका अध्यक्ष बिरु राना मगर, बिन्दबासिनी साकोसका संचालक कवि काफ्ले ,राष्ट्रिय सहकारी बैंक चपुर शाखाका प्रमुख रोशन कार्की ,चपुर न पा सहकारी फाटका शेख नसरे आलम सस्थाका सस्थापक अध्यक्ष गणेश पौडेल , स्थानीय पत्रकारहरु सुब्बा कार्की ,सागर हुमागाई ,राकेश यादव को आतिथ्यता र सस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा होटल गौतम चपुरमा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सस्थाका सचीव कुल ब थापा तथा कार्यक्रमको सन्चालन सह–सचिव चिरञ्जीवी गौतमले गर्नु भएको थियो । सस्थाको समग्र स्थितिका बारेमा संचालक समितिको तर्फबाट अध्यक्ष बिभु पोखरेलले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । त्यस्तै असोज १० गते देखी सुरु भएको निर्वाचन प्रक्रियामा निर्बिरोध निर्वाचित हुनु हुने उम्मेदवारको घोषणा तथा सपतग्रहण निर्वाचन समितिका संयोजक शम्भु हुमागाइले गर्नु भएको थियो ।कार्यक्रममा संचालक समिती ,लेखा तथा सुपरिवेक्षण समिति ,सल्लाहकार समिती,विभिन्न उप समिति ,पुर्व समिती लगायत सस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरी बिभु पोखरेलको निर्बिरोध निर्वाचित संचालक कार्यसमितिको उपाध्यक्षमा कृष्ण चन्द्र पोखरेल, सचिबमा कुल ब थापा, कोषाध्यक्षमा बलराम प्र गौतम सह–सचिवमा चिरञ्जीवी गौतम र सदस्यहरुमा भरत प्र अधिकारी, निलहरी कोईराला, एकनाथ चौलागाईं अबधेशहरी भट्टराई गोमा चौलागाईं ,शारदा भण्डारी ,गृष्मा सापकोटा ,बिदुर न्यौपाने ,दिपक भण्डारी ,राजकिशोर गुप्ता रहनु भएको छ भने लेखा तथा सुपरिवेक्षण समितिमा गणेश पौडेल संयोजक ,बेदनाथ हुमागाई र रामचन्द्र तिमल्सिना सदस्यमा निर्बाचित हुनु भएको छ ।
कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने ब्यबस्थापनको टिम तथा सम्पुर्ण सहयोगी मनहरुलाइ संस्थाका अध्यक्ष विभु पोखरेलले धन्यावाद दिनुभएको थियो ।

