मानवीय सेवाका लागि चम्किला तारा महिला सहकारी द्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौंको बलम्बु हरियालीबाट आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको चम्किला तारा महिला बचत तथा ऋण सहकारी संस्थाले यहि असोज २१ गते का दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
हरियाली फुटकोर्ट बैंक्वेटमा गरिएको सो कार्यक्रमा ४७ जनाले रक्तदान गरेको संस्थाले जानकारी गराएको छ । विभिन्न हस्पिटलहरुमा रहेका बिरमीहरुलाई रगतको अभाव दिनदिनै देखिरहेको अवस्था देखेर उक्त बिरामीकोहरुको लागि रगताको माध्यमबाट जिवन रक्षाहोस भन्ने संस्थाको उद्देश्य अनुरुप संस्थाले सो रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
त्यसैगरी प्रमुख अतिथि चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको आतिथ्यता रहेको सो रक्तदान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा व्लोदान केन्द्रका अध्यक्ष इन्जिनियर सानुबावु प्रजापतीले उक्त संस्थाले गरेको रक्तदान कार्यक्रमले मानवीय सेवामा ठूलो सहयोग पुग्ने बताएका थिए ।
ब्लोदान र काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) को संयोजनमामा बुधबारे रक्तदान कार्यक्रको निरन्तरतालाई कार्यान्वयन गर्ने कार्यमा पनि संस्थाको ठूलो सहयोग समेत पुगेको छ ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आफ्ना सदस्यहरुलाई निरन्तर वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु अग्रणी रुपमा गर्दै आईरहेको छ । संस्थाले चम्किला तारा सहकारीको नाम बाटै आफ्ना सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा सीपमुलक बनाई रोजगारी प्रदान गरी उनिहरुको आय स्तर बृद्धि गर्न साबुन उद्योग पनि संचालन गरिरहेको छ । उक्त संस्थाले उत्पादन गरेको साबुन घरायसी सरसफाईको लगि अति उपयुक्त देखन्छ । यसको बजारमा पनि त्यतिकै बिक्री तथा बजार विस्तार भईसकेको छ । संस्थाले उत्पादन गरेको सो साबुन आवश्यक परेमा होमडेलीभरीको समेत सुविधा दिने गरेको उक्त संस्थाकी अध्यक्ष तारा रानाको भनाई छ ।